जाजरकोटमा बोलेरो जिप दुर्घटना : दुई जनाको मृत्यु, ५ को अवस्था गम्भीर

जाजरकोटमा बोलेरो जिप दुर्घटना : दुई जनाको मृत्यु, ५ को अवस्था गम्भीर

जाजरकोट : जाजरकोटको जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य  ९ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ भने ४ जनाको अवस्था समान्य रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए।

सुर्खेतबाट जुनीचाँदे गाउँपालिका केन्द्रतर्फ जाँदै गरेको  कर्णाली प्रदेश ०२००१च ०३४१ नम्बरको बोलेरो जिप वडा नं ५ को गर्खाकोट ( वेलपुइना) भन्ने स्थानमा दुर्घटनामा परेको हो। 

सो जीपमा ११ जना यात्रु रहेका थिए । घाइतेहरुको अवस्था गम्भीर रहेको छ । मृतकको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । उद्धार कार्य जारी छ ।

घाइतेको हेलिकप्टरबाट उद्धार गर्न गृहको निर्देशन

घाइतेको हेलिकोप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्। जाजरकोटका प्रजिअ शाहीले गृहमन्त्री खाणको निर्देशनपछि नेपाली सेनाको सुर्खेत कार्यालयसँग समन्वय गरी उद्धारका लागि हेलिकप्टर पठाइएको जानकारी दिए।  

घटनास्थल दुर्गम भएकोले बिस्तृत विवरण आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.