मुस्ताङको कागबेनी खोलामा ६ वर्षमा पनि बनेन पुल

मुस्ताङको कागबेनी खोलामा ६ वर्षमा पनि बनेन पुल

जोमसोम : उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ कागबेनी खोलाको पुल निर्माणमा ढिलासुस्ती भएको छ। 

पुल निर्माणको जिम्मा पाएको गल्वा रफिना जेभी कन्ट्रक्सनका प्रोपाइटर रविन जोशीको चरम ढिलासुस्तीले कागबेनी पुल ६ वर्ष बितिसक्दा समेत सम्पन्न हुन नसकेको हो।

कालिगण्डकी करिडोरअन्तर्गत निर्माणधिन उपल्लो मुस्ताङ जोड्ने कागबेनी पुल निर्माणमा ठेकेदार कम्पनीको चरम लापारवाही र ढिलासुस्तीले गर्दा बर्खायाममा उपल्लो मुस्ताङ आउजाउ गर्ने सवारी साधनलाई कागबेनी खोला तर्न निकै समस्या पर्ने गरेको छ । 

२ करोड ८८ लाख लागत रहेको कागबेनी खोला पुलको सम्झौता २०७३ साल असार ३० गते भएको थियो ।

पुलको रेलिङ र फुटपाथ बाटोसहित ११ मिटर र  सवारी आउजाउ गर्ने पुलको मार्ग ७ दशमलव ५ सेमी रहेको थियो ।

सम्झौता अवधि १८ महिना रहेको निर्माणधिन पुलको सम्झौता अवधि २०७४ पुस २८ गतेसम्म थियो । कागबेनी पुलको सम्झौता अवधि सकिएर पनि त्यसयता हालसम्म पटक/पटक निर्माण कम्पनीले विभिन्न बहानाबाजी बनाएर पुलको म्याद थप गर्दै आइरहेको छ । 

कादिगण्डकी करिडोर ,बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख जगत प्रजापतीले कागबेनी खोला पुल निर्माणको काम ९० प्रतिशत सम्पन्न भइसकेको जानकारी दिए ।

उनका अनुसार कागबेनी खोला पुलको १५० मिटर एप्रोज रोड एप्रोज स्लाव निर्माण गर्न बाँकी रहेको छ । यस्तै,पुलको मुख्य स्टक्चरको काम सकिएको र पुलको दायाँबाँया रेलिङ र फुटपाथ बनाउने लगायतको काम बाँकी छन् ।

जम्मा २५ मिटर लम्बाई रहेको कागबेनी खोला पुलको दायाँबायाँ दुबैतर्फ एबुमेन्ट उठाएर सटिङ गरी ढलान गरिएको थियो ।

लामो समय निर्माण कम्पनीको ढिलासुस्तीका कारण निर्माण सम्पन्न हुन नसकेको कागबेनी खोला पुलमा एप्रोज रोड विस्तारसहित केही फिनिसिङका काम मात्र बाँकी छन् ।

तर, निर्माण कम्पनीले पुलको काम सकिने चरणमा रहेको बताए पनि कम्पनीको वेवास्ताका कारण निर्माणमा ढिलाइ भएको कागबेनी गाउँका स्थानीय बताउँछन् । 

यता,कागबेनी खोला पुल निर्माणको जिम्मा पाएको गल्वा रफिना जेभीको प्रोपाइटर रविन जोशीसँग पुल निर्माणको सम्बन्धमा पटकपटक टेलिफोनबाट जानकारी लिन प्रयास गर्दा सम्भव भएन।

निर्माणधिन कागबेनी खोला पुलको काम अहिले पनि ठप्पै छ । 

निर्माण कम्पनीले लामो समयदेखि उपकरण र जनशक्तिलगायतको व्यवस्थापन गर्न नसक्दा कागबेनी खोला पुल निर्माणको काम सम्पन्न हुन ढिलाइ भएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.