राजमार्ग भासिएको स्थानमा फेला परेको एक शवको पहिचान

राजमार्ग भासिएको स्थानमा फेला परेको एक शवको पहिचान

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिदा फेला परेको एक शवको पहिचान खुलेको छ। सडक भासिएर खसेको बा १० च ४६७९ नम्बरको कार मर्स्याङ्दी नदीमा खस्दा दुई जनाको शव फेला परेको थियो। 

दुईमध्ये एक जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। उनका अनुसार मृत्यु हुनेमा गोरखाको छोप्राक घर भइ हाल आँबुखैरेनी गाउँपालिका–२ बस्ने वर्ष ३५  का केशव घिमिरे रहेको छन्। अर्का मृतकको भने पहिचान खुल्न सकेको छैन। मानवीय क्षति अन्य पनि हुन सक्ने भएकाले खोजी कार्य भइरहेको उनले बताए।

सडक भासिएपछि बिहानैदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ। सडकको तलाको भाग भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए। उनका अनुसार तत्काल राजमार्ग सुचारु हुने सम्भावना छैन। यहाँ वैकल्पिक मार्ग नभएकाले यात्रुहरु मर्कामा परेका छन्। प्रहरीले यो राजमार्ग भएर यात्रा गर्नेहरुलाई अन्य वैकल्पिक बाटो भए प्रयोग गर्न अपील गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.