धनगढीमा भाटभटेनी सुपर मार्केट सञ्‍चालनमा

धनगढीमा भाटभटेनी सुपर मार्केट सञ्‍चालनमा

धनगढी : सुदूरपश्चिममा भाटभटेनीको २३ औं शाखा खुलेको छ ।

धनगढीको बोराडाँडी भन्ने स्थानमा शुक्रबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले एक कार्यक्रमका बीच भाटभटेनीको २३ औं शाखाको उद्घाटन गरेका हुन्।

भाटभटेनीले सुदूरपश्चिममा बजार देखेर सुपरमार्केट खोलेको बताउँदै हमालले अरु क्षेत्रमा पनि प्रचुर सम्भावना भएकाले लगानी गर्न प्रदेश बाहिरका सबै लगानीकर्तालाई आह्वान गरे । ‘सुदूरपश्चिम सम्भावनाको क्षेत्र हो, यहाँ उद्योग कलकारखाना र व्यापारिक प्रतिष्ठान खोल्न म सबै लगानीकर्तालाई आह्वान गर्छु,' मेयर हमालले भने । 

सुदूरपश्चिमका लागि भाटभटेनी सबैभन्दा ठूलो सपिङ कम्पलेक्स हो । भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले धनगढीमा आफ्नै जग्गामा भवन बनाएर २३ औं स्टोरका रुपमा यसलाई सञ्चालनमा ल्याएको बताए । 

उनले भवनमा ६ तल्ला रहेको बताए । करिब सवा २ अर्बको लगानीमा भाटभटेनीको नयाँ शाखा उद्घाटन गरिएको हो । 

सिनेमा हल, खाद्यान्न, लुगाकपडासहित खेलकूदका सामग्री भाटभटेनीमा पाइनेछन् । भाटभटेनीले ३ सय जना स्थानीयलाई रोजगारी पनि दिएको छ ।

अध्यक्ष गुरुङले, भाटभटेनीको भवनको १ किलोमिटर परिधिका नागरिकलाई पहिलो प्रार्थमिकता, त्यसपछि २ किलोमिटर त्यसपछि एक/एक किलोमिटरको परिधि गरेर रोजगारमा प्रार्थमिकता दिएको बताए ।

व्यापारको क्षेत्रमा सुदूरपश्चिम प्रदेशका व्यापारी बाहेकले लगानी गरेको ठूलो प्रोजेक्ट हो । 

अध्यक्ष गुरुङले सुदूरपश्चिममा लगानीका प्रचुर सम्भावना भएपनि लागानीकर्ता हिचकिचाइ रहेको बताए । ‘मैले सुदूरपश्चिमलाई व्यवसायका लागि भर्जिन ल्याण्ड मानेको छु, भाटभटेनी आएको स्थानमा अरु यद्योग धन्दा पनि आउँछन्,' उनले भने । 

उनले अब सुदूरपश्चिममा पनि सम्भावना छ भन्दै लगानीकर्ताहरुले लगानी गर्ने बताए ।  २०४१ सालमा ३५ हजारको लगानीबाट सुरु भएको भाट भटेनीका देशैभरी २३ वटा शाखा विस्तार भइसकेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.