भित्ता काटेर आँबुखैरेनी-मुग्लिन खण्ड एकतर्फी सञ्‍चालन

भित्ता काटेर आँबुखैरेनी-मुग्लिन खण्ड एकतर्फी सञ्‍चालन

तनहुँ : पृथ्वीराजमार्गअन्तरगत तनहुँको आँबुखैरेनी गाउँपालिका-४, साँखर ड्याममा सडक भाँसिएपछि अवरुद्ध राजमार्ग एकतर्फी सुचारु भएको छ । 

शुक्रबार बिहान करिब पौने ५ बजेदेखि ठप्प भएको राजर्मा दिउँसो १ बजेपछि एकतर्फी रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

सडकको कुनातर्फ भित्ता सामान्य रुपमा जेसिबीले काटेर फालेपछि साना सवारी पास भएको छ ।ठूला सवारी साधनलाई भने प्रवेश गराइएको छैन ।

सडक भाँसिदा बा १० च ४६७९ नम्बरको कार,  ग १५ प २९५३ नम्बरको मोटरसाइकल, बा ३३ प १०८१ नम्बरको मोटरसाइकल खसेर बेपत्ता भएका छन् ।

घट्नामा दुई पुरुषको शव भेटिएको छ । 

मृतमध्ये एकजनाको पहिचान खुलेको छ । उनी गोरखा सिरानचोक गाउँपालिका वडा नं ५,  स्थायी घर भई हाल जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. २ बस्ने ३५ वर्षीय केशव घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकार दिए । 

 उनका अनुसार अर्को शवको हालसम्म सनाखत हुन सकेको छैन । शवलाई अहिले जिल्ला अस्पताल दमौलीमा ल्याइएको छ । बा ३३ प १०८१ नं को मोटरसाइकल बेपत्ता भएपनि चालक र मोटरसाइकलमा सवार व्यक्ति सकुशल रहेको प्रहरीको भनाइ छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.