ऐतिहासिक रानीपोखरी
ऐतिहासिक रानीपोखरी काठमाडौं महानगरको मध्यभागमा रहेको ऐतिहासिक रानीपोखरीको ड्रोनबाट लिइएको तस्बिर । २०७२ सालको भूकम्पले क्षति पुर्याएको रानीपोखरीको पुनर्निर्माण २०७६ कात्तिकमा सकिएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले झन्डै २५ करोड लागतमा तीन वर्षको लगाएर यसको पुनर्निर्माण गरेको थियो । तस्बिर : रविन भट्टराई