बन्द नाका
मलाई एक्लो पार्न तिमीले कोरेकै हो खाका
आँखा तरी किन हिँड्छौ भन्दै तिम्रासामु
व्यापारीको भरिया भई राहदानी बोकी
म पनि त पुगेकै हूँ कैयौं चोटि ढाका।
बाँझै भए खेत–गरा, विदेशिए युवा
अँधेरो भो गाउँबस्ती भन्छन् बुढापाका।
मौलिक कुरा के छ बाँकी, सबै अरूको हो
गाउँमा पनि सुनिँदैन गाइने दाइको भाका।