पुरानो जवानी
फुल्यो रातरानी तिमी याद आयौ
मरिहत्ते गर्थे कुवा पोखरीले
सधैं सम्झनामै हराएर बस्छु
परेको छ बानी तिमी याद आयौ!
कहाँ लेख्नु तिम्रा कुरा लेखनीले
म आएँ बखानी तिमी याद आयौ!
बिदा भैसकेको थियो फर्किआयो
पुरानो जवानी तिमी याद आयौ!
संगी पर्खिएको चखेवा चरी झैं
छ यो जिन्दगानी तिमी याद आयौ!
कतै फूलमा जूनमा ढुक्ढुकीमा
छ तिम्रै निशानी तिमी याद आयौ!
भनौं प्रेम सागर कठै बूँदले नै
बसेको छ धानी तिमी याद आयौ!