निर्विकल्पले दिएको विकल्प

निर्विकल्पले दिएको विकल्प

सनातन हिन्दू धर्म के हो ? यही प्रश्नको खोजको उपज हो, निर्विकल्प। यस किताबका लेखक सिद्धराज पन्तले सनातन हिन्दू धर्मको विभिन्न आयामलाई अनुसन्धान गरेर तिनको वैज्ञानिक, ऐतिहासिक र वर्तमान अवस्थाको पटाक्षेप गरेका छन्। उनले भूमिकामै लेखेका छन्, ‘आफू नमरी स्वर्ग देखिँदैन भन्ने उखानजस्तै सनातन हिन्दूधर्मको बारेमा बुझ्ने प्रयत्नस्वरूप विगत चार वर्षयता स्वध्ययनको प्रयास गरें। अव्यवस्थित भए पनि प्रविधिको सुलभताले स्वध्ययनको गति बढ्दै गयो। सैद्धान्तिक, वैज्ञानिक र व्यावहारिक पक्ष खोज्दै, सिक्दै र बुझ्दै जाँदा नेति–नेति अर्थात्, यो होइन, यो पनि होइन भन्दै नयाँ गृह्यर्थ बुझ्न थालियो। एकपछि अर्को प्रश्नको तर्क खुल्दै गयो।’

पन्तले अध्ययनका दौरान सनातन वाङ्मय, भौतिक विज्ञान र आध्यात्मिक विज्ञानको अनुपम मेल भएको दर्शन, रामायण, महाभारतका प्रमाणका तथ्य, वेदको हजारौं वर्ष पुरानो प्रमाणिकता दर्शाउने एस्ट्रोनोमी, गणितका सिद्धान्तहरू, आर्किटेक्चर, इन्जिनियरिङका डिजाइन, निर्माणका सिद्धान्त, अद्वितीय कलाकृति दर्शाउने अद्भुत मन्दिरसम्बन्धी विज्ञानलगायत विषयवस्तुको दार्शनिक, वैज्ञानिक र व्यावहारिक उपयोगिताको भण्डार सनातन भन्ने थाहा पाए। तर यति उन्नत सभ्यताप्रति द्वेषभाव किन ? यही प्रश्नले उनको नीद हरायो। उनी फेरि इतिहासतिर फर्किए। दुई हजार वर्षको बाह्य धार्मिकहरूको आक्रमण र षड्यन्त्रको प्रमाणिक इतिहास तथा हिन्दूधर्मको विरोधमा गरिने कुतर्कहरूको नियोजित वास्तविकता उनले बुझ्दै गए। षड्यन्त्रका दस्तावेजहरूको अध्ययनबाट गरिएको प्रस्तुति र प्रकाशित कृतिहरूको अध्ययनबाट उनले सनातनको मर्म बुझे। ‘सुरुमा सनातनको वैज्ञानिकता पुष्टि गर्ने केही सन्दर्भ समेटेर एउटा ब्लग लेख्ने उद्देश्यबाट सुरु गरिएको प्रयास अन्ततः यो पुस्तकको रूपमा परिणत भयो’, निर्विकल्पबारे उनी लेख्छन्।

पुस्तकले पाठकलाई सनातन वाङ्मयको परिचय, हजारौं वर्षपहिले सनातनी ऋषिहरूले पत्ता लगाएर लिपिबद्ध गरेका केही प्रतिनिधिमूलक वैज्ञानिक वर्णाश्रमको अद्वितीय सिद्धान्त र सनातनमा भएका बाह्य आक्रमण र वर्तमान पुनर्जागगरणबारे तथ्यसत्य प्रस्तुत गरेको लेखकको दाबी छ। सनातन हिन्दूधर्मबारे किन बुझ्न जरुरी छ ? किताबमा भनिएको छ, ‘एकथरी मानिसले केवल श्रद्धासाथ जीवन बिताउँछन् र तिनमा कहिल्यै यो हो वा होइन भन्ने द्विविधा हुँदैन। न तिनले कहिल्यै अरूलाई प्रभावमा ल्याउन चाहन्छन्। तर, अर्काथरी सनातनी हिन्दू छन्। जुन बहुसंख्यक छन्, आधुनिक र सुकिला–मुकिला पनि छन्। जसलाई सनातनको विषयबारे एक शब्द पनि नपढेरै, नबुझेरै र सामान्य सांस्कारिक व्यवहार नगरेरै पनि यो सबै सभ्यताको मुख्य रचनाकार नै आफैं हो जस्तोगरी सबै कुरो जानेबुझेझैं निर्धक्क भएर जुनसुकै बेला, परिस्थितिमा वा यस विषयमा निर्वाध धारणा राख्ने छुट छ।’

मानिसले जीवनचर्या बिताउँदै गर्दा सनातन हिन्दूधर्मका धेरै आयाम पूरा गरे पनि त्यसको अर्थ अझै नबुझेको लेखको बुझाइ छ। यसो हुनुमा लेखक शिक्षा पद्धतिलाई पनि दोषी ठान्छन्। उनी लेख्छन्, ‘जीवनकै अत्यन्त महत्त्वपूर्ण संस्कार विवाहको यज्ञमा पनि पण्डितले के पढ्दैछन् र किन पढ्दै छन् ? त्यो संस्कार मेरा लागि थियो वा कसैका लागि ? भन्नेसम्म पनि केलाउने प्रयास गरिएन।’ लेखकले यसलाई हिन्दू समाजको याथार्थ भएको बताउँछन्। पुस्तकले शास्त्रहरू र परम्पराको बहुपक्षीय ज्ञान दिन्छ। पुस्तकमा चार खण्डमा व्याख्या गरिएको छ। नचिनेको मणि नाम दिइएको मूल शीर्षकमा बसुधैव कुटुम्बकम्, वैदिक वाङ्मय, पुराण, इतिहास र दर्शनदेखि पुरुषार्थका विषयवस्तु समेटिएका छन्। धर्म विज्ञानतर्फ लेखकले सम्यक कृतं संस्कृतम्, भगवानै भगवान्, नैष्कमर्य कर्मयोग अब्राहमिक रिलिजनदेखि धर्मनिरपेक्षताको श्राप र शास्त्रको प्रमाणिकताबारे व्याख्या गरिएको छ। वर्णाश्रम धर्मअन्तर्गत आश्रम, वर्ण विभाग, छात्रवाद, वैश्यवाद, शूद्रवाद, जातजाति र छुवाछूतबारे लेखिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.