आबुखैरेनी खण्डमा ठूला सवारी पनि एकतर्फी सञ्चालन

आबुखैरेनी खण्डमा ठूला सवारी पनि एकतर्फी सञ्चालन

तनहुँ : पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आबुखैरेनी मुग्लिन खण्डस्थित साँखर ड्यामबाट ठूला सवारी साधन पनि एकतर्फी रुपमा सञ्चालनमा आएको छ। सडक भासिएपछि कमजोर बनेको जमिन ठूला सवारी साधन पास गराइए दुर्घटनाको थप जोखिम हुने भन्दै  हिजो साना सवारी साधनलाई मात्र पार गराइएको थियो।

हिजोदेखि नै निरन्तर स्काभेटर प्रयोग गरेर भित्ता काट्ने काम राती ११ बजेसम्म गरिएपछि अहिले भने ठूला सवारी साधनलाई पनि एकतर्फी रुपमा आवतजावत खुल्ला गरिएको सडक डिभिजन कार्यालय दमौलीकी प्रमुदख लक्ष्मी केसीले जानकारी दिइन्। 'गाडीको चाप पनि भयो, भित्ता काट्दै गएपछि ठूला सवारी साधनलाई पनि जान मिल्ने वातावरण बन्यो। त्यसपछि हिजो रातीदेखि नै एकतर्फी रुपमा ठूला सवारीलाई पनि पार गराइएको हो', उनले भनिन्।  

इलाका प्रहरी कार्यालय आबुखैरेनीका सई बासुदेव थापाले बिहानसम्म गाडीको चाप  कम भए पनि भित्ता काट्ने काम पुन सुरु भएपछि चाप बढ्न थालेको छ। उनका अनुसार स्काभेटरको कामसँगै पोखरातर्फबाट गएको र मुग्लिङतर्फ आएका सवारी साधनलाई आलोपालो सडक पार गराउने व्यवस्था मिलाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.