जिसस बर्दियामा कांग्रेसका उम्मेदवार र्निविरोध

जिसस बर्दियामा कांग्रेसका उम्मेदवार र्निविरोध

गुलरिया : स्थानीय तह निर्वाचन-२०७९ अन्तर्गत जिल्ला समन्वय समिति बर्दियामा नेपाली कांग्रेसका उम्मेदवारहरु र्निविरोध निर्वाचित भएका छन्। स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम प्रमुख, उपप्रमुख तथा सदस्य पदहरुमा कांग्रेसका उम्मेदवारहरु र्निविरोध निर्वाचित भएका हुन्।

मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधिश लोकजंग शाहाका अनुसार जिल्ला समन्वय समिति बर्दियाको प्रमुख पदमा सूर्य बहादुर विष्ट, उपप्रमुखमा अमिताकुमारी यादव निर्वाचित भएका छन्। सदस्यहरुमा तिर्थप्रसाद जैसी, विनय राजभण्डारी, पुरै लाल थारु छन्। महिला सदस्यतर्फ खगिसरा कामी, छविभाट क्षेत्री र बिमला थारु छन्। दलित वा अल्पसंख्यक सदस्यमा सुनिता नेपाली र्निविरोध चयन भएका हुन्।

निर्वाचित प्रमुखलाई मुख्य निर्वाचन अधिकृत र उपप्रमुखलगायत सदस्यहरुलाई नवनिर्वाचित समन्वय प्रमुखले शपथ ग्रहण गराएका छन्।

प्रमाणपत्र हस्तान्तरणपछि नवनिर्वाचित प्रमुख तथा उपप्रमुखले जिल्ला समन्वय समितिमा पद बहालि पनि गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.