जिसस रसुवामा गोलाप्रथाबाट कार्यसमिति चयन, प्रमुख तथा उपप्रमुखमा एमाले

जिसस रसुवामा गोलाप्रथाबाट कार्यसमिति चयन, प्रमुख तथा उपप्रमुखमा एमाले

रसुवा : जिल्ला समन्वय समिति रसुवाको शनिबार भएको निर्वाचनमा प्रमुख तथा उपप्रमुख दुवै पदमा एमाले विजयी भएको छ। ९ सदस्य पदको लागि भएको निर्वाचनमा मत बराबर भएपछि गोलाप्रथा गरिएको थियो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुखमा नेकपा एमालेका अशोक कुमार घिमिरे, उपप्रमुखमा एमालेकै विजय लामा निर्वाचित भएका छन्।

समितिको सदस्यहरूमा एमालेका कामी छिरिङ तामाङ, खुवा प्रसाद पौडेल र नेपाली कांग्रेसका खिल बहादुर न्यौपाने निर्वाचित भएका हुन्। यस्तै महिला सदस्यमा एमालेकी देशी रानी तामाङ, नेपाली कांग्रेसकी कारतोक लामा र कांग्रेसकै सबिता गुरुङ निर्वाचित भएका छन्। दलित तथा अल्पसंख्यक सदस्यमा नेपाली कांग्रेसकी पार्वती विश्वकर्मा निर्वाचित भएकी कार्यालयले जनाएको छ।

पाँच वटा गाउँपालिका रहेको यस जिल्लामा पालिकाको अध्यक्ष तथा उपाध्यक्षमा एमाले र कांग्रेसले ५/५ सिट जितेका थिए। जिससको पदाधिकारी चयनका लागि अध्यक्ष तथा उपाध्यक्षले मात्र मतदान गर्न मिल्ने भएकाले मत बराबर आएको थियो। मतबराबर आएपछि गोलाप्रथाबाट कार्यसमिति चयन गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.