सुदूरपश्चिमका प्रदेश प्रमुख र प्रदेश २ का पूर्व प्रमुखबीच भेटवार्ता

सुदूरपश्चिमका प्रदेश प्रमुख र प्रदेश २ का पूर्व प्रमुखबीच भेटवार्ता

धनगढी : प्रदेश नम्बर २ का पूर्व प्रदेश प्रमुख राजेश अहिराज र सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीबीच भेटवार्ता भएको छ। प्रदेश प्रमुख जोशीको धनगढीस्थित आवासमा दुबै जनाको भेटवार्ता भएको हो।

दुबै जनाबीच समसामयीक विषयमा कुराकानी भएको छ। तीन दिनदेखि सुदूरपश्चिमको भ्रमणमा रहेका अहिराजले कञ्चनपुरको शुक्लाफाँटा राष्टिय निकुञ्ज, थारु बस्तीहरु र दोधारा चाँदनीको भ्रमणपछि प्रदेश प्रमुख जोशीसँग भेट गरेका हुन्।

भेटमा अहिराजले शुक्लाफाँटा बन्यजन्तु आरक्ष भएका बेला, त्यहाँबाट विस्थापित भएका नागरिकहरु अहिलेसम्म धेरै पीडित रहेकाले उनको विषयमा सरकारको ध्यानाकर्षण गराउन आग्रह गरे। शुक्लाफाँटाको क्षेत्रफल बढेका बेला २०५० सालमै त्यहाँका १८ सय परिवार विस्थापित भएका थिए। सरकारले उनीहरुलाई अरु ठाउँमा जग्गा दिने भनेपनि अहिलेसम्म पाएका छैनन्।

यस्तै अहिराजले महाकाली पारिका गाउँ दोधारा चाँदनीका बासिन्दाका पनि सीमाका समस्याका बारेमा प्रदेश प्रमुख जोशीलाई जानकारी गराए। दोधारा चाँदनीमा धेरै मानिसहरुको हातमा जग्गाधनी प्रमाण पुर्जा भएपनि उनीहरुले जग्गा चलनभोग गर्न नपाएको समस्या सुनाए।

कञ्चनपुरमा सीमानाका समस्या रहेकाले यस बारेमा प्रदेश सरकार र राष्ट्रपतिको कार्यालयलाई जानकारी गराउन पनि अहिराजले आग्रह गरे। प्रदश प्रमुख जोशी ८ महिना अघि मात्रै प्रदेश प्रमुखमा नियुक्त भएका हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.