शाहीलाई उपाधि
डोटी : खप्तड शैलेश्वरी म्याराथन प्रतियोगिताको उपाधि भवानी बक्स गण अछामका अमलदार सुशीलकुमार शाहीले जितेका छन्। डोटी उद्योग वाणिज्य संघ, पाँच् नम्बर बाहिनी अड्डा राजपुर, भैरवप्रसाद गणको सयुक्त आयोजनामा शनिबार सम्पन्न म्याराथनमा ४० प्रतिस्पर्धीलाई पछि पार्दै शाहीले उपाधि जितेका हुन्।
पर्यटकीय क्षेत्र खप्तडको त्रिवेणी धामबाट डोटीको शैलेश्वरी मन्दिरसम्म ३२ किलोमिटरको म्याराथन आयोजना गरिएको थियो। शाहीले दुई घण्टा १८ मिनेट ३१ सेकेन्डमा निर्धारित दूरी पार गरे। रण बम गण डडेल्धुराका सिपाही नरेशसिंह बोहरा दुई घण्टा ३० मिनेट ५७ सेकेन्डमा दौड
पूरा गर्दै दोस्रो भए। रण बम गणकै सिपाही रामसिंह पाल दुई घण्टा ३२ मिनेट ४३ सेकेन्डका साथ तेस्रो भए। प्रतियोगिताको विजेताले एक लाख दोस्रो हुनेले ७५ हजार र तेस्रो हुने खेलाडीले ५० हजार नगद पुरस्कार प्राप्त गरे।
खप्तडको धार्मिक, साँस्कृतिक तथा पर्यटकीय महत्व दर्शाउने उद्देश्यले पहिलो पटक खप्तड–शैलेश्वरी म्याराथन प्रतियोगिता आयोजना गरिएको उद्योग बाणिज्य संघ डोटीका अध्यक्ष मोहन कलेलले जानकारी दिए।