सुप विश्वविद्यालयका करिब ३ सय विद्यार्थी दीक्षित हुँदै

सुप विश्वविद्यालयका करिब ३ सय विद्यार्थी दीक्षित हुँदै

महेन्द्रनगर : आउँदो आषाढ ३ गते हुने सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा करिब ३ सय बढी विद्यार्थी दीक्षित हुँदैछन। विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा ३ सय बढी विद्यार्थी दीक्षित हुन लागेका हुन्। त्यसैगरी ग्रेस लिस्टमा रहेका १ हजार ५ सय ५८ जना विद्यार्थी उक्त समारोहमा दीक्षित हुनेछन।

सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह आउँदो अषाढ ३ गते विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हुने जानकारी दिए। ‘दीक्षित हुनका लागि करिब ३ सय बढी विद्यार्थीले फाराम भरेका छन्।’ उनले भने–‘ग्रेस लिष्टमा रहेका १५ सय ५८ विद्यार्थी पनि दीक्षित हुनेछन।’ दीक्षान्त समारोहमा प्रधानमन्त्री एंव सुदूरपश्चिम विश्वविद्याललयका कुलपति शेरवहादुर देउवा, शिक्षामन्त्री, शिक्षा सचिव आउने कार्यक्रम छ। त्यसैगरी समारोहको मुख्य अतिथिमा कुमाउ विश्वविद्यालयका कुलपति प्रो.एसके जोशी आउने भएका छन्। समारोहमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति, पोखरा विश्वविद्यालयका उपकुलपतिलगायत विश्वविद्यालय सभा सदस्यहरुको उपस्थिती रहनेछ।

विद्यार्थीलाई विभिन्न पदक

सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा विद्यार्थीहरुलाई विभिन्न पदकसमेत प्रदान गरिने छ। विश्वविद्यालयको चान्सलर पदक विश्वविद्यालयको केन्द्रीय क्याम्पसका चक्र देव जोशी, हरीना धामी र दीपक राज भट्टले पाएका छन्।

त्यसैगरी विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अध्ययनरत पल्लवी पनेरु, गोरख चन्द, आशा धामी र कस्तुरा भट्टले भाइस चान्सरल पदक पाएका छन्। त्यसैगरी विश्वविद्यालयको विभिन्न संकायमा अध्ययनरत २९ जना विद्यार्थीहरुले स्वर्ण पदक प्राप्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.