खेर गईरहेका बाझो जग्गा लिजमा दिने व्यवस्था गर्न प्रदेश सांसद गौचनको माग

खेर गईरहेका बाझो जग्गा लिजमा दिने व्यवस्था गर्न प्रदेश सांसद गौचनको माग

जोमसोम : मुस्ताङमा खेर गईरहेका सरकारी स्वामित्वमा रहेका जग्गालाई लिजमा दिने व्यवस्था गर्नुपर्ने गण्डकी प्रदेशका सांसद चन्द्रमोहन गौचनले माग गरेका छन्। गण्डकी प्रदेश सरकारले प्रस्तुत नीति तथा कार्यक्रममाथि भएको छलफलमा सांसद गौचनले मुस्ताङमा खेर गएका बाझो जग्गालाई उपयोगमा ल्याउन सकेमा कृषि उत्पादन वृद्धि हुनुको साथै कृषकहरु जीवनस्तर उकासिने र यसले बेरोजगारी समस्या समाधान गर्ने बताए।

कृषि र पर्यटनको प्रचूर संम्भावना रहेको हिमाली जिल्ला मुस्ताङमा ९९ प्रतिशत जग्गाको नापनक्सा नभएको र १ प्रतिशत भन्दाकम जग्गामा मात्र कृषि उत्पादन हुने गरेको गण्डकी प्रदेश सरकारलाई जानकारी गराए। युवा जनशक्तिलाई रोजगार सृजना गर्न र कृषिमा आत्मनिर्भर तुल्याउन यहाँको लालपूर्जा भएको जग्गा पर्याप्त नभएकाले यसतर्फ प्रदेश सरकारले उपयुक्त विकल्प दिनुपर्ने उल्लेख गरे।

सांसद गौचनले सरकारी स्वामित्वमा रहेको सार्वजनिक प्रति जग्गा(वनक्षेत्र बाहेक)लाई संघीय सरकारको वन मन्त्रालयसंग नीतिगत कानुन व्यवधान खुल्ला गरी कृषि प्रयोजनको निमित्त कृषि उद्यम व्यवसाय गर्नेलाई खेर गएका जग्गा लिजमा दिलाउन सके कृषिक्षेत्रमा मुस्ताङ जिल्लाले नयाँ छलाङ मार्ने बताए। मुस्ताङमा स्याउ लगायतका उवा, फापर, गँहु, जौं मकै, आलु र सीमीबोडी उत्पादनदर वृद्धि गर्न सकिने सांसद गौचनको भनाई छ।

नीति तथा कार्यक्रम माथिको छलफलमा सांसद गौचनले गण्डकी प्रदेश सरकारले मुस्ताङको जोमसोममा स्याउ प्रशोधन केन्द्र स्थापना गर्नुपर्ने माग राखे। मुस्ताङमा जिल्लास्तरको प्रविधियुक्त स्याउ भण्डारकेन्द्र, स्याउ ग्रेडिङ, वाक्सिङ, प्याकेजिङ र ग्रेड अनुसारको कार्टुन प्याकिङ व्यवस्था गरी गुणस्तरिय स्याउ पुर्याउन सकिने सांसद गौचनले सुनाए। यस्तै जिल्लाको कम गुणस्तरीय स्याउलाई आवश्यक प्रशोधन गरी विभिन्न परिकार निर्माण गरी आयआर्जन सकिने भएकाले यसतर्फ प्रदेश सरकारको ध्यान जान आवश्यक रहेको औंल्याए।

सांसद गौचनले मुस्ताङ जिल्ला जलवायु परिवर्तनको उच्चजोखिम रहेकाले यसको अनुकुलन र व्यवस्थापन मिलाउन प्रदेशको ध्यानार्कषण पनि गराए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.