जिसस कैलालीमा सत्तारुढ गठबन्धन विजयी

जिसस कैलालीमा सत्तारुढ गठबन्धन विजयी

टीकापुर : जिल्ला समन्वय समिति कैलालीमा सोमबार सम्पन्न भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सत्तारुढ गठबन्धनलाई साथ दिएका छन्। धनगढी उपमहागरपालिकामा स्वतन्त्रबाट मेयर जितेका हमालको मतले जिल्ला समन्वय समिति कैलालीमा सत्तारुढ गठबन्धन विजयी भएको हो।

समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका पदमबहादुर कलेल र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका खगराज भुसाल विजयी भएका हुन्।

१३ वटा स्थानीय तह रहेको कैलालीको जिससमा नागरिक उन्मुक्ति र एमालेले गठबन्धन गरेका थिए। दुई दलको १२ मत थियो। यस्तै सत्तारुढ गठबन्धनको पनि समान १२ मत थियो। तर निर्णायक मानिएका हमालले सत्तारुढ गठबन्धनलाई मत दिएकाले कलेल र भुसाल विजयी भएका हुन्।

उता मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले भने जिल्ला समन्वय समितिको निर्वाचनमा मतदान गर्न पाएनन्। निर्वाचन आयोगले आइतबार कैलालीका मुख्य निर्वाचन अधिकृतलाई एक पत्र लेखि उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उनलाई गाउँपालिका अध्यक्षको हैसियतमा कुनै अधिकार प्रयोग गर्न नदिन भनेको थियो।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार जिल्ला समन्वय समितिको सदस्यहरुमा कांग्रेसबाट बिर्खबहादुर बुढा र तेजबहादुर चन्द, माओवादीबाट दिलु कामी, नेकपा एकीकृत समाजवादीबाट जानकी चौधरी र लोकेन्द्रबहादुर ताडी, नागरिक उन्मुक्ति पार्टीकी सरिता भुल तथा विजयी भएका छन्।

दुई सदस्य गोलाप्रथाबाट विजयी
खुल्लातर्फ एमालेका मानबहादुर साउँद र तेजबहादुर चन्दको समान १२ मत आएको थियो। गोलाप्रथाबाट चन्द विजयी भएका हुन्। नागरिक उन्मुक्ति पार्टीकी सरिता भुल र माओवादीकी पार्वती बिककोसमेत समान १२ मत आएको थियो। उनीहरु मध्ये गोलाप्रथाबाट भुल विजयी भएकी हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.