सांसद बिष्टको तेस्रो गीत ‘मुस्ताङी नानी’ मुस्ताङमै छायाँकन हुँदै
जोमसोम : गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टको मौलिक रचना रहेको ‘मुस्ताङी नानी’नामक बोलको गीतको छायाँकन अहिले उपल्लो मुस्ताङको लोमान्थाङमा भैईरहेको छ। विशुद्ध नेपाली भाषामा तयार पारिएको ‘मुस्ताङी नानी’बोलको गीत सेलो भाकामा रेकडिङ्ग भई छायाँकन गर्ने काम सुरु गरिएको हो।
उनले नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्ष्य गरी दुई वटा गीत युटुबमा अपलोड गरेका थिए। गण्डकी प्रदेशकै पर्यटन प्रर्वद्धनका लागि सहयोग पुर्याउने उद्देश्यसहित सांसद बिष्टले यसअघि ‘लोमान्थाङमै बसम्’ र ‘हिमालपारी लोमान्थाङ गाउँ’ बोलको गीत तयार गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
५