संसदीय चुनावमा क्षतिपूर्तिसहितको जित हासिल गर्ने प्रचण्डको उद्घोष

संसदीय चुनावमा क्षतिपूर्तिसहितको जित हासिल गर्ने प्रचण्डको उद्घोष

गुलरिया : नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रले स्थानीय तहको निर्वाचनका क्रममा बर्दियामा अनपेक्षित परिणाम ल्याएकोले संघ र प्रदेसको निर्वाचनमा क्षतिपूर्तिसहितको जित हासिल गर्नुपर्ने अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बताएका छन्। जिल्लामा ५ वटा पालिका जित्ने आँकलन हुँदाहुँदै पनि दोस्रो पार्टीका रुपमा समेटिनु पार्टीभित्रको त्रुटि भएकाले पराजयको समीक्षा प्रक्रिया सुरु भएको औंल्याए। 

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बर्दियाले बारबर्दिया नगरपालिकाको वेलभारमा आयोजना गरेको वैचारिक तथा राजनितिक प्रशिक्षणमा सम्बोधन गर्न आएका अध्यक्ष दाहालले प्रेस सेन्टर नेपाल बर्दियाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवार चयनका सम्बन्धमा वा पार्टीलाई एकताबद्ध गर्ने सन्दर्भमा कहीँ न कहीँ त्रुटि भएको स्वीकारे। विगतको समीक्षा गर्दै आगामी दिनमा क्षतिपूर्तिसहित अगाडि बढ्नुपर्छ। संघ र प्रदेसमा माओवादीले क्षतिपूर्तिसहितको जित हासिल गर्नुपर्नेमा उनको जोड थियो।

बर्दियामा पार्टीले ब्यहोरेको स्थानीय तहको परिणामको कमजोरी पत्ता लगाउँदै आगामी दिनमा निराकण गर्न कस्तो योजना बनाउनुपर्छ भनी सोच्न आफू बर्दिया आएको प्रष्ट्याए। निर्वाचनका सन्दर्भमा अरुलाई दोष दिनुभन्दा पार्टीभित्रको कमजोरी पत्ता लगाउन आवस्यक रहेको बताउँदै निर्वाचनका बेला एकीकृत, केन्द्रीकृत भएर जान नसक्नु अनपेक्षित नतिजाको कारण भएको ठोकुवा गरे।

संघ, प्रदेसको निर्वाचन सम्वन्धमा गठवन्धन र प्रतिपक्षसँग छलफल भइसकेकाले मंसिरको पहिलो हप्तामा निर्वाचन हुने बताए। निर्वाचन मंसिरमै हुने भएकाले द्विविधामा नपर्न सुझाए।

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानअन्तर्गत दोस्रो चरणको निर्वाचन प्रक्रिया सम्पन्न भई ५ वर्षका लागि सरकार बनेको छ। स्थानीय निर्वाचनको सफलताले संघीयता सुदृढ भएको प्रमाणित भएकाले अब संघीयतालाई कसैले चाहेर पनि हल्लाउन नसक्नेभन्दै खुसी ब्यक्त गरे।

सरकार संघ र प्रदेसको निर्वाचनको तयारीमा जुटिसकेकाले आगामी निर्वाचन पनि सफलतापूर्वक सम्पन्न हुनेमा विश्वास दिलाए। अबको दुवै निर्वाचनपछि नयाँ बन्ने सरकारले देशलाई विकासको बाटोमा लैजान मद्दत पुग्ने बताए।

जनयुद्धका बेपत्ता, शहिद परिवारसँग अध्यक्ष दाहालले भेट गरेका छन्। उनीहरुले परिपुरणसहितको न्यायको मागगर्दै ज्ञापन पत्र पनि बुझाएका छन्। ज्ञापन पत्र बुझ्दै उनले सम्पूर्ण शहिदहरुलाई आफू प्रधानमन्त्री हुने बखत शहिद घोषणा गरेको तर कर्मचारीको लापरबाहीले राजपत्रमा नछापिँदा समस्या परेको सुनाए।

राजपत्रमा छाप्ने तयारी भइरहेकोले जनयुद्ध र जनआन्दोलनका सहिदहरुलाई लोकतन्त्रका सेनानी भनी प्रमाण पत्र र राहत दिने निर्णय भएको बताउँदै परिपुरणका सम्बन्धमा सत्यनिरुपण र बेपत्ता दुवै आयोगमा काम भइरहेकाले परिपुरणसहितको न्याय दिइनेमा विश्वास दिलाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.