त्रिभुवन विमानस्थलबाट २४ किलो कोकिन बरामद
![त्रिभुवन विमानस्थलबाट २४ किलो कोकिन बरामद](https://annapurnapost.prixacdn.net/media/albums/cocinnn_20210829130810_NZ0Oyqc0Wg.jpg)
काठमाडौं : त्रिभुवन विमानस्थल सुरक्षामा खटिएको प्रहरीले २ दिनमा २४ किलो कोकिन बरामद गरेको छ। विमानस्थल सुरक्षा प्रहरीका प्रवक्ता हिमालय श्रेष्ठका अनुसार आइतबार १६ केजी कोकिनसहित दुई जना विदेशी र सोमबार ८ केजी कोकिनसहित एक जना विदेशी पनि प्रक्राउ परेका छन्।
विदेशबाट आएका यात्रुको झोला चेकजाचका क्रममा लागु औषध नियन्त्रण ब्युरोको टोलीले उक्त परिमाणको कोकिन बरामद गरेको हो। आइतबार १६ केजी कोकिनसहित २ जना दक्षिण अफ्रिकाका नागरिक प्रक्राउ परेका छन्। यस्तै सोमबार ८ केजी कोकिनसहित १ विदेशी प्रक्राउ परेका हुन्।
उनीहरु तिनैजना दुर्वइ हुँदै कोकिन बोकेर नेपाल आएका हुन्। प्रवक्ता श्रेष्ठका अनुसार उनीहरुबारे थप अनुसन्धान भैरहेको र कोकिन कारोवारीको खोजी भैरहेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)