पुल निर्माणमा ढिलासुस्ती हुँदा सवारीलाई सास्ती

पुल निर्माणमा ढिलासुस्ती हुँदा सवारीलाई सास्ती

जोमसोम : तिब्बतको कोरलानाका जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत निर्माणधिन घमी खोला पुलको काम ठेकेदारले अलपत्र छाडेपछि उपल्लो मुस्ताङ आउजाउ गर्ने सवारी साधनलाई सास्ती बनेको छ। २०७५ सालको पुस १६ गते ६ करोड ८० लाख लागतमा सम्झौता भएको घमी खोला पुलको चालु वर्षको हिउँदयामपछि निर्माणको काम ठप्प रहेको हो।

निर्माणधिन घमी खोला पुल निर्माणको जिम्मा हिमढुङ ठोक्कर ईमोटल जेभी कन्ट्रक्सनले लिएको थियो। सम्झौता अवधि ३ वर्ष रहेको घमी खोला पुलको काम २०७८ पुस ९ गते सकिनु पर्ने थियो। तर ठेकेदारको ढिलासुस्ती र लापारवाहीका कारण पुलको निर्माणको भौतिक प्रगती अहिले ४० प्रतिशत मात्र देखिएको छ। घमी खोला पुलको लम्बाई जम्मा ४० मिटरको छ भने डे्रने र फुटपाथसहित ११ मिटरको पुल बनाउने सम्झौता भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ। निर्माण कम्पनीका प्रतिनिधिलाई पटक/पटक पुल निर्माणको काम सूचारु गराउन आयोजनाले ताकेता गरेपनि सम्पर्कमा आउन सकेको छैन।

आयोजना प्रमुख जगत प्रजापतीले घमी खोला पुल निर्माणको जिम्मा लिएको हिमढुङ ठोक्कर ईमोटल जेभी कन्ट्रक्सनले एक हप्ता भित्र फिल्डमा पुगेर काम नगरे ठेक्का तोड्ने प्रक्रिया अघि बढाईने जानकारी दिए।

घमी खोला पुलको ठेक्का लिएको हिमढुङ ठोक्कर ईमोटल जेभी कन्ट्रक्सनले अरु दुई वटा पुलको काम पनि अलपत्र पारेको आयोजनाले जनाएको छ। उक्त कन्ट्रक्सनले मार्फा खोला पुल र छुसाङ खोला पुल बनाउन २१ करोडमा सम्झौता गरेको थियो। यि दुबै पुलको काममा पनि निर्माण कम्पनीले ढिलासुस्ती गर्दा आयोजनाले ठेक्का मोबिलाईजेसन बापत लिएको १ करोड ११ लाख ५० हजार सरकारको नाममा फिर्ता लिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.