हरिजन आत्महत्याबारे छानविन समितिद्वारा प्रतिवेदन पेश

हरिजन आत्महत्याबारे छानविन समितिद्वारा प्रतिवेदन पेश

काठमाडौं : रोल्पा जिल्ला कारागारमा कैदी सुन्दर हरिजनले गरेको आत्महत्याबारे छानविन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको छ । उक्त घटनाका सम्बन्धमा मन्त्रालयका सहसचिव सूर्य सेढाईँ नेतृत्वको समितिले स्थलगतरूपमा सत्यतथ्य छानविन गरी तयार पारेको प्रतिवेदन मङ्गलबार गृहमन्त्री खाणलाई बुझाएको हो । 

गृहमन्त्री खाणले कैदी हरिजनको जेल स्थानान्तरण र आत्महत्याबारे तयार भएको प्रतिवेदनमा समेटिएका विषय कानुनअनुरुप कार्यान्वयनको प्रक्रियामा लगिने बताएका छन्। रोल्पा कारागार कार्यालयमा गत जेठ ४ गते हरिजनले झुण्डिएर आत्महत्या गरेका थिए । प्रतिवेदनले दोषी औँल्याएकालाई कानुनअनुरुप कारबाहीको प्रक्रिया सुरु गरिने गृहमन्त्री खाणले प्रतिबद्धता जनाएका छन्। 

घटनाबारे छानविन गर्न सहसचिव सेढाईँको संयोजकत्वमा मन्त्रीस्तरीय निर्णयबाट जेठ १७ गते ५ सदस्यीय समिति गठन भएको थियो । समितिमा मन्त्रालयका उपसचिव झङ्कनाथ ढकाल, प्रहरी उपरीक्षक भूपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य थिए ।

समितिले प्रतिवेदनमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा तत्कालीन अवस्थामा कारागार प्रशासनसँग सम्बद्ध कर्मचारीले कारागार ऐन र नियमावली तथा आफ्नो पदीय जिम्मेवारी एवं दायित्व निर्वाहमा लापरवाही तथा त्रुटि गरेको र कर्तव्य पालनामा उदासिनता देखाएको उल्लेख गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिवेदनमा प्रस्तुत गरिएका सुझाव लागू गर्न सिफारिस गर्दै लागू भएमा कारागार प्रशासन सुध्रन सक्ने संयोजक सेढाईँले बताउनुभयो । समितिले २०७७ मङ्सिर ८ गते बाँके कारागारबाट रोल्पा कारागारमा कैदी हरिजन र विजयविक्रम शाहको स्थानान्तरण गर्दा भएको त्रुटि तथा कैदीले आत्महत्या गरेको सम्बन्धमा अनुसन्धान गरेको जनाएको छ । 

समितिले अनुसन्धानका क्रममा नेपाल सरकारका सम्बद्ध पदाधिकारीको स्वीकृति र सहयोगमा भारत सरकारसँग अनौपचारिक समन्वय गरी भारतको उत्तर प्रदेशको बारबंकी जिल्लामा लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका हरिजनसँगै बाँकेबाट रोल्पा कारागारमा स्थानान्तरण गरिएका शाहसँग पनि सोधपुछ गरेको जनाएको छ । समितिले घटनाको स्थलगत अध्ययन, अवलोकन, सूचना सङ्कलन तथा विष्लेषण, सोधपुछ, फोन विवरण अध्ययन र घटना विवरण विश्लेषण गरेर प्रतिवेदन तयार पारेको जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.