जिल्ला समन्वय समिति गुल्मीमा गठबन्धनको प्यानल विजयी

जिल्ला समन्वय समिति गुल्मीमा गठबन्धनको प्यानल विजयी

गुल्मी : जिल्ला समन्वय समिति गुल्मीमा सत्ता गठबन्धनको प्यानलै विजयी भएको छ । 

गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका दोर्णबहादुर खत्री र उपप्रमुखमा माओवादी केन्द्रका तेजेन्द्र सलामी विजयी भएका हुन्।

कांग्रेसका खत्रीले १५ मत ल्याएर समन्वय प्रमुखमा विजयी भए। नेकपा एमालेतर्फका प्रमुखका उम्मेदवार युवराज न्यौपानेले ९ मत ल्याएर पराजित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखमा माओवादी केन्द्रका तेजेन्द्र सलामीले एमालेका उम्मेदवार रमादेवी पुनलाई ६ मतान्तरले नै पराजित गरे।

दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको गुल्मीको जिसस सदस्यमा महेश्वर भण्डारी, शेरबहादुर विक, सुनिता जिसी कुवँर,शेरबहादुर कुँवर, सावित्रा भण्डारी, वीरबहादुर कार्की र निरमाया राना विजयी भएका छन् ।

सदस्य सबैले १५ मत प्राप्त गरेका छन् भने महेश्वर भण्डारीले १४ मत प्राप्त गरे।

जसमध्ये कार्की र कुँवर माओवादी केन्द्र, भण्डारी समाजवादी एवम् राना जनमोर्चाको तर्फबाट प्रतिनिधित्व गर्नेछन् ।

समन्वयमा गठबन्धनको तर्फबाट कांग्रेसले प्रमुखसहित चार, माओवादीले उपप्रमुखसहित तीन र समाजवादी र जनमोर्चाका एकर एक सदस्य रहेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.