रसुवा भन्सार : ११ महिनामा ६ अर्ब ५५ करोड राजस्व संकलन

रसुवा भन्सार : ११ महिनामा ६ अर्ब ५५ करोड राजस्व संकलन

रसुवा : रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा ६ अर्ब ५५ करोड रुपैयाँ भन्दा बढी राजस्व सकंलन गरेको छ। चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म कार्यालयले ६ अर्ब ५५ करोड ४५ लाख ६ हजार रुपैयाँ राजस्व संकलन गरेको हो। 

    
कार्यालयले यो अवधिमा ६ अर्ब २५ करोड २६ लाख ९ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो। यो लक्ष्य भन्दा ४.८३ प्रतिशत बढी हो। कार्यालयले चालु आर्थिक वर्षमा ६ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।
    
रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात बढेका कारण  राजस्व संकलन बढेको प्रमुख भन्सार अधिकृत राम मैनालीले बताए। तर पछिल्लो समय आयातमा कमि आएको छ। कार्यालयले राखेको लक्ष्य भन्दा समग्रमा राजस्व संकलनमा वृद्धि भएको देखिएपनि आयातमा सुधार आउन सकेको छैन। गएको जेठ महिनामा लक्ष्यको तुलनामा ९२.१३ प्रतिशत मात्र राजस्व संकलन भएको कार्यालयको तथ्यांक छ। कार्यालयले जेठमा ५५ करोड ९३ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ५१ करोड ५३ लाख २८ हजार रुपैयाँ मात्रै संकलन भएको छ।
    
२०७६ माघयता नाकाबाट आयात निकै कम भएको छ। २०७६ माघ १५ गतेदेखि २०७७ जेठ तेस्रो सातासम्म नाका बन्द गरिएको थियो। अहिले एकतर्फी रूपमा नाका सञ्चालन भइरहेको छ। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण २८ महिनादेखि रसुवागढी नाकाबाट सामग्री आयात घटेपछि राजस्व संकलन प्रभावित बन्दै गएको छ। 
    
कार्यालयले आर्थिक वर्ष २०७२/७३ मा ७४ करोड ३३ लाख २६ हजार, आव ०७३/७४ मा २ अर्ब ९२ करोड १८ लाख २ हजार, आव ०७४/७५ मा ४ अर्ब ५९ करोड २३ लाख १९ हजार, ०७५/७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार, आर्थिक वर्ष २०७६/७७ मा ८ अर्ब २७ लाख ७७ हजार र गत आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ५४ करोड २७ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयको तथ्यांक छ। 

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलफूल आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ। तर कोभिड–१९ का कारण निर्यात लामो समयदेखि ठप्प छ।

२०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.