विदेशी पुँजी भित्र्याउन एनआरएनएले पहल गर्नुपर्छ : प्रधानमन्त्री

विदेशी पुँजी भित्र्याउन एनआरएनएले पहल गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा संसदमा विचाराधीन रहेको नेपाली नागरिकता विधेयक अघि बढाउने प्रतिवद्धता जनाएका छन् । 

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजनामा भएको ‘नेपाली नागरिकता, मताधिकर, लगानी र वैदेशिक रोजगार’ विषयक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दउवाले सरोकारवाला अन्य निकायसँग समन्वय गरी नागरिकता विधेयक छिट्टै अघि बढाइने बताए । 

‘जतिसक्दो चाँडो समन्वय गरी गैरआवासीय नेपाली नागरिकता अघि बढाउने छु,' उनले भने । 

विदेशमा रहेका नेपालीको पुँजी, प्राविधिक ज्ञान, सीप भित्र्याउन सरकार ललिचो हुने उनले बताए । गैरआवासीय नेपाली संघ साझा चौतारी बन्न सकेमा राष्ट्र निर्माणमा पनि सघाउ पुग्ने उनले बताए ।  

सरकारले एनआरएनएलाई स्थापनाकालदेखि साझेदारकै रुपमा हेर्दै आएको प्रधानमन्त्री देउवाले बताए । ‘बजेटमा गैरआवासीय लक्षित कार्यक्रम ल्याएका छौं,'उनले भने, उक्त नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयनबाट नेपाल र नेपालीलाई फाइदा पुग्ने छ।’

नेपालमा उत्पादित वस्तुको बिक्रीमा प्राथमिकता दिन सके निकासी प्रवद्र्धनमा सहयोग पुग्ने प्रधानमन्त्री देउवाले बताए । नेपाली श्रम, सीप, पुँजीको सदुपयोग, विदेशमा कमाएको आयलाई नेपालमा प्रयोग गर्न जोड दिइएको प्रधानमन्त्री देउवाले बताए । दूतावाससँग सहकार्य गरी विदेशी पुँजी भित्र्याउन एनआरएनएले पहल गर्नुपर्ने देउावाले बताए ।

बजेटमा वैदेशिक लगानीको सीमा न्यूनतम ५ करोडबाट २ करोडमा झारिएकोमा विदेशी लगानी आउनेमा उनले आशा व्यक्त गरे । त्यस्तै १० करोडको लगानी स्वचालित मिलाइने व्यवस्थाले पनि विदेशी लगानीमा सहज बाटो खुलेको देउवाले बताए ।

त्यस्तै पुँजीबजारमा दोस्रो बजारमा कानुनी व्यवस्था मिलाउने समेटिएको उनले बताए । वैदेशिक रोजगारीमा गएका नेपालीलाई १० प्रतिशत कोटा छुट्टाएकाले श्रमिक उत्साहित भएको उनको भनाइ छ । वैदेशिक लगानीमा सुधार, जग्गाको हदबन्दी फुकुवा, ५० प्रतिशतसम्म जग्गा लिज,  सामाजिक सुरक्षा कोषमार्फत विदेशमा रहेका नेपालीलाई जोड्ने, डलर खाता खोल्न सहज व्यवस्था सम्बोधन गरिएको प्रधानमन्त्री देउवाले बताए । 

आकर्षक ब्याज सहित वैदेशिक रोजगार बचतपत्र खुलेकाले विदेशमा बस्ने धेरै नेपालीले खरिद गर्ने उनले आशा व्यक्त गरे । हालै नेपाली बैंकमा डलर खाता खोल्ने व्यवस्था गरिएकाले फाइदा उठाउन पनि उनले गैरआवासीयहरुलाई आग्रह गरे । 

गैरआवासीयहरुको जायज मागप्रति सरकार सकारात्म रहेको उनले बताए । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.