बेनी–जोमसोम तेस्रो सडकखण्ड अन्तिम चरणमा

बेनी–जोमसोम तेस्रो सडकखण्ड अन्तिम चरणमा

जोमसोम : जोमसोम–उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम तेस्रो सडकखण्डको काम अन्तिम चरणमा पुगेको सडक निर्माण पक्षले जनाएको छ। मुस्ताङको काइको खोलादेखि कोवाङसम्मको १६ दशमलव ४ किमी ग्राभेलसहित अस्फाल्ट कालोपत्रे सडक स्तरोन्नतिको भौतिक प्रगति ९२ प्रतिशत सम्पन्न भइसकेको सडक स्तरोन्नतिको जिम्मा लिएको शर्मा गजुरमुखी जेभीले उल्लेख गरेको छ।

२०७४ जेठ ३० गते बेनी–जोमसोम ७६ किमी सडकको ४ वटै खण्डको एकैसाथ सम्झौता भएको थियो। जसअन्तर्गत शर्मा गजुरमुखी जेभीले म्याग्दी तातोपानीदेखि मुस्ताङको काइको खोलासम्म २३ किमी र काइको खोलादेखि कोवाङसम्मको १६ किमी सडक स्तरोन्नति गर्ने जिम्मा अलग÷अलग ठेक्का शर्मा गजुरमुखीले पाएको थियो। 

शर्मा गजुरमुखीले म्याग्दीको तातोपानीदेखि काइको खोलासम्मको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न गर्दा काइकोदेखि कोवाङसम्मको अस्फाल्ट कालोपत्रे सडक स्तरोन्नति अन्तिम चरणमा पुर्‍याएको शर्मा गजुरमुखी जेभीका प्रोजेक्ट म्यानेजर नरेन्द्र न्यौपानेले बताए। 

उनका अनुसार काइको–कोवाङअन्तर्गत लेते खोला र सेतु खोलामा करिब १५० मिटर कालोपत्रे र सडक रंङरोगनलगायत केही फिनिसिङका कामहरू बाँकी रहेको जनाइएको छ। चालू आर्थिक वर्षको असार महिनाभित्रै  बेनी–जोमसोम तेस्रो खण्ड कालीगण्डकी करिडोर सडक आयोजनालाई हस्तान्तरण गर्ने तयारी भइरहेको प्रोजेक्ट म्यानेजर न्यौपानेले बताए।  अस्फाल्ट कोलोपत्रे सडकको ठेक्का ५४ करोड ३० लाख रहे पनि निर्माणाधीन सडकको ग्याबिन वाल र मेसिनरी स्ट्रक्चर परिवर्तन हुँदा ८ करोड भीओ वृद्धि भएको आयोजनाका सब–इन्जिनियर टीकाबहादुर थापाले बताए। 

उक्त खण्डको भीओ बढ्दा  ६२ करोड ६४ लाख पुगेको हो। सम्झौता अवधि २०७६ मंसिर १५ गतेसम्म रहेको काइको–कोवाङखण्डको पछिल्लो म्याद २०७८ फागुन ३० गतेसम्म कायम गरिएको सब–इन्जिनियर थापामगरले बताए। तेस्रो खण्डको ४ महिना म्याद थप गर्नुपर्ने उनले बताए।

म्याग्दीको तातोपानी–मुस्ताङको काइको खोलासम्मको ११ मिटर चौडा अल्फाल्ट कालोपत्रे सडक ठेक्का सम्झौता ६३ करोड ५२ लाख रहे पनि सो खण्डको पनि भीओ बढ्दा ७२ करोड २१ लाख लागत पुगेको छ। सो खण्डको काभ्रेभीर सडकमा रक कटिङ गरी सडक चौडा गर्नुपर्ने भएकाले सडकको भीओ बढेको आयोजनाको भनाइ छ। म्याग्दीको कमजोर भू–बनोट, बर्खायामको नदी कटान र बाढी पहिरोको कारण सडक स्तरोन्नति अपेक्षा गरे अनुरूपमा भौतिक प्रगति हुन समस्या परेको शर्मा गजुरमुखी जेभीले जनाएको छ। 

कालोपत्रे सडक स्तरोन्नतिको भौतिक प्रगति ९२ प्रतिशत सम्पन्न भइसकेको छ।

निर्माण पक्षले निरन्तर सडक स्तरोन्नति कार्यलाई नियमित गरे पनि प्राकृतिक विपद्का कारण सडक स्तरोन्नति कार्यमा सहजता उत्पन्न भएको निर्माण पक्षले जनाएको छ।बेनी–जोमसोम ७६ किमी सडकको पहिलो २३ किमी सडकखण्डको काम शर्मा युनाइटेड जेभीले लिएको हो। सो सडकमा ड्रेन निर्माणसहित ११ मिटरको डीबीएसटी कालोपत्रे सडक निर्माण गर्न ६० करोड ६० लाखमा सम्झौता भएकोमा सो खण्डमा पनि १३ करोड ५० लाख भीओ बढेको थियो। उक्त सडकको हालको भौतिक प्रगति ७० प्रतिशत रहेको जनाइएको छ।

यस्तै, बेनी–जोमसोम ७६ किमी सडकको चौथो तथा अन्तिम खण्डअन्तर्गत मुस्ताङको खन्तीदेखि जोमसोमसम्मको १६ किमी सडकको भौतिक प्रगति ६५ प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ। खन्ती–जोमसोम अल्फास्ट कालोपत्रे सडकको सम्झौता लागत ७० करोड ५२ लाख रहेको छ। निर्माण कम्पनीको ढिलासुस्ती र ठेकेदार परिवर्तनले गर्दा खन्ती जोमसोमको अपेक्षा गरेअनुसार भौतिक प्रगति हुन नसकेको हो। सोही सडकअन्तर्गत ४ वटै खण्डको काम निर्माण पक्षले हिमपात, बाढी पहिरो, नदी कटान र कोरोना कहरको कारण देखाएर पटक–पटक म्याद थप गर्दै आइरहेको छ।

यता, जोमसोम–कोरला सडकको ७ वटा खण्डमध्ये ६ वटा खण्डको सडक स्तरोन्नति सम्पन्न भई २ वर्षअघि नै कालीगण्डकी करिडोर सडक आयोजनालाई हस्तान्तरण भइसकेको आयोजनाले जनाएको छ। तर, सो सडकको चराङ–छोसेर २५ किमी ग्राभेल सडकको काम निर्माण कन्स्ट्रक्सनको ढिलासुस्तीले सम्पन्न हुन सकेको छैन। चराङ–छोसेर सडकको भौतिक प्रगति ७० प्रतिशत छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.