जाजरकोटमा बिहान ८ बजेदेखि सेवा
जाजरकोट : सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले बिहान ८ बजेदेखि सेवा दिन थालेको छ। राष्ट्रिय परिचयपत्र लिनेको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले बिहान ८ बजेदेखि सेवा सुरु गरेको हो।
दैनिक सयभन्दा बढी सेवाग्राही आउने र कार्यालय समयमा सेवाग्राहीको काम गर्न नसक्दा उनीहरू मर्कामा परेपछि बिहान ८ बजेदेखि सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले बताए। एकदिनमा कार्यालय समयमा बढीमा ५० जनाको इन्ट्री मात्र गर्न सकिने र अन्य सेवाग्राहीले पालो नै नपाउने अवस्था देखिएपछि समस्या समाधान गर्न कार्यालय समयभन्दा २ घण्टाअघि बिहान ८ बजेदेखि सेवा सुरु गरेको प्रमुख जिल्ला अधिकारी शाहीले बताए।
राहदानी लिन राष्ट्रिय परिचयपत्र अनिवार्य बनाएपछि सेवा लिनेको संख्यामा वृद्धि भएको उनले बताए। अहिले जिल्लामा एउटा मात्र ठाउँ (स्टेसन) बाट काम सुरु