झुम्दै रमाउन झोर [फोटो फिचर]
काठमाडौं : काठमाडौंबाट करिब १० किलोमिटरको दूरीमा रहेको ‘झोर’ पर्यटकीय आकर्षणको केन्द्र हो। प्राकृतिकरुपमा ढुङ्गैढुङ्गाको बीचबाट झरझर बगिरहेको झरनाले त्यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्छ।
त्यहाँ घुम्न जाने पर्यटक त्यहीँ झरनामा नझुमी र आनन्द नलिइकन फर्कन सक्दैनन्। त्यही भएर होला काठमाडौं जिल्लाको झोर टोखा नगरपालिकाअन्तर्गत रहेको यो झरनामा हरेक वर्षको गर्मीयाममा मानिसको भीड लाग्ने गरेको छ।
यतिबेला झोर झरनामा झुम्दै, रमाउँदै आनन्द लिने आन्तरिक पर्यटकहरूको बाक्लो उपस्थिति देखिन्छ।
अन्नपूर्णकर्मी सरोज बैजुले कैद गरेका तस्बिरहरु :