आउँदै त छैन आँधी ?
आउँदै त छैन आँधी ? प्रकट छ सन्नाटामा
किन आज खोला आलाप गरिरहेछ
आफ्नो र अर्को चिन्ने बेला यही रहेछ
टाढा हुँदैछन् साथी प्रकट छ सन्नाटामा।
खुल्दैन ढोका घरको पलेटाहरू छन् बन्द
कसले लुकायो चाबी प्रकट छ सन्नाटामा।
सुन्छु फर्क्यो रे कृष्ण सम्झी फेरि मथुरा
‘अन्ना’ बनिन् कि घाती प्रकट छ सन्नाटामा।