रसुवागढी नाकाबाट चिनियाँ खाद्य सामग्रीको आयात बढ्यो

रसुवागढी नाकाबाट चिनियाँ खाद्य सामग्रीको आयात बढ्यो

रसुवा : चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट चिनियाँ खाद्य सामग्रीको आयात बढेको छ। गत आर्थिक वर्ष २०७७/७८ को ११ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७८/९ मा सोही अवधिमा आयात बढेको देखिएको हो। 

चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्ममा ३ सय ३५ टन खाद्य सामग्री आयात भएको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयको तथ्यांक छ। नाकाबाट सबैभन्दा बढी फल तथा सागपातजन्य सामग्रीको आयात बढी भएको छ। जसमा सोया सस तथा अचार छन््। यो ९६ टन आयात भएको छ। 

कार्यालयको तथ्यांक अनुसार पूmल तथा सागपातजन्य ९६ टन, खाद्यान्न दलहन तथा अन्य ३९.२ टन, मसलाजन्य १४.९३, मासुुजन्य २५.०८, दुधजन्य ८.१५, चिया तथा कफीजन्य ३८.४५ टन, माछाको अचार १४.४ टन र बदाम, सिजनिङ पाउडर, अजिनामोटो, रेड विन पेष्ट, डोमा लगायतका ९३.१४ टन खाद्य सामग्री आयात भएको हो। 

चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड विन पेष्ट, चामल आदि सामग्रीको आयात हुने गरेको छ। नाकाबाट पछिल्लो समय चिनियाँ खाद्य सामग्रीको आयात केही बढेको खाद्य अनुसन्धान अधिकृत नवीन देउजाले बताए। चीनबाट आउने खाद्य सामग्री नेपालमा बस्ने चिनियाँले नै प्रयोग गर्छन्। 

रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षणमा पनि वृद्धि भएको छ। कार्यालयका अनुसार साउनदेखि बैशाख मसान्तसम्ममा कार्यालयले २ सय ९८ थान खाद्य सामग्रीको नुमना परीक्षण गरेको छ। गत वर्ष एक वर्षमा २ सय ३ थान सामग्रीको मात्र परीक्षण भएको थियो। कार्यालयले साउनमा ३१, भदौमा २८, असोजमा ३५, कार्तिकमा ६, मंसिरमा २८, पुसमा २५, माघमा ४६ र फागुनमा ७१ थान खाद्य सामग्रीको नमुना परीक्षण गरेको हो। गत आर्थिक वर्ष २०७७/७८ मा २ सय ७ टन चिनियाँ खाद्य सामग्री आयात भएको कार्यालयको तथ्यांक छ। कार्यालयले २०७५ माघदेखि चीनबाट आएका खाद्य सामग्रीको नमुना परीक्षण गर्दै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.