जिसस रुपन्देहीमा गठबन्धनको प्यानल विजयी

जिसस रुपन्देहीमा गठबन्धनको प्यानल विजयी

भैरहवा : जिल्ला समन्वय समिति रुपन्देहीमा गठबन्धनको प्यानल विजयी भएको छ।

गठबन्धनबाट नेपाली कांग्रेसका प्रमुख पदका उम्मेद्वार उमाकान्त चपागाई २० मत ल्याइ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नर बहादुर घर्ती मगरले १२ मत ल्याए ।

३२ मत रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रामकृपाल धोबीले १६ मत पाउँदा नेकपा एमालेका पवित्रा देवी श्रेष्ठले १५ मत ल्याइन्।

यस्तै महिला सदस्यमा नेपाली कांग्रेसको बिष्णुमाया सुवेदी जयसवालले १८, दलित वा अल्पसंख्यकमा कांग्रेसकै राजमनप्रसाद हरिजनले २०, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान २०, ऋषीराम बस्याल १९ र लोसपाका मुकेश कुमार पाण्डेले १८ मत प्राप्त गरी विजयी भएका छन्।

त्यस्तै नेकपा माओवादी केन्द्रकी मन्जु परियारले १८ र लोसपाको बुधनी चमारले १९ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.