होटल अर्गनाइजेशन बर्दियाको अध्यक्षमा थापा
गुलरिया : होटल अर्गनाइजेशन बर्दियाको अध्यक्षमा संगिता थापा र्निविरोध चयन भएकी छिन्। बर्दियाको गुलरियामा शुक्रबार आयोजित १५ औं साधारण सभाको ७ औं अधिवेशनले अध्यक्षमा थापासहित १५ सदस्यीय कार्यसमिति र्निविरोध चयन गरेको हो।
अर्गनाइजेशनको वरिष्ठ उपाध्यक्षमा भोजराज शर्मा, उपाध्यक्ष किरण नापित, महासचिव नगेन्द्र रिमाल, सचिव जंगबहादुर चौधरी, कोषाध्यक्ष ईश्वरी पोखरेल र सहकोषाध्यक्षमा लक्ष्मी पाण्डे चयन भएको नवर्निवाचित अध्यक्ष थापाले जानकारी दिईन्।
सदस्यहरुमा खेमराज भट्टराई, हरिकला कंडेल, कृष्ण कुमारी श्रेष्ठ, सावित्रीदेवी डांगीक्षेत्री, कृष्णबहादुर थारु, सन्तबहादुर थापा, पूर्णकला गुरुङ र दुर्गा श्रेष्ठ चयन भएका छन्।
संस्थाको विधान अनुसार २ जना सदस्य मनोनित गर्नुपर्ने प्रावधान रहेकाले कार्यसमितिको बैठकबाट निर्णय गरिने उनले जानकारी दिईन्।