बागमती प्रदेशबाट सबैभन्दा कम बजेट रसुवालाई
रसुवा : आउँदो आर्थिक वर्ष २०७९/८० का लागि बागमती प्रदेशले प्रदेशका १३ जिल्लामध्ये रसुवालाई सबैभन्दा कम बजेट छुट्याएको छ।
प्रदेशले जिल्लाका लागि ५३ करोड ९६ लाख १० हजार रुपैयाँ मात्र विनियोजन गरेको हो। जसमा चालुतर्फ २० करोड ६० लाख ५३ हजार र पुँजीगततर्फ ६ करोड ३७ लाख २२ हजार रुपैयाँ बजेट विनियोजन गरेको हो।
समानीकरण अनुदानतर्फ ३ करोड ७७ लाख ८९ हजार, सशर्त अनुदानतर्फ १२ करोड २५ लाख ६४ हजार, विशेष अनुदानतर्फ ४ करोड ५७ लाख र समपुरक अनुदानमा ६ करोड ३७ लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएको हो।
आउँदो आर्थिक वर्षका लागि जिल्लामा पहिरो रोकथाम र सिंचाइ सम्बन्धी कार्यक्रमले प्राथमिकता पाएको छ। प्रदेशले आउँदो आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड १२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।