तनहुँमा एक लाख रुपैयाँसहित नौं जुवाडे पक्राउ
तनहुँ : जिल्लाको शुक्लागण्डकी नगरपालिका-७ खैरेनीटार टुडाँबाट ९ जना जुवाडे पक्राउ परेका छन्।
शनिबार स्थानीय फनबहादुर गुरुङको घरमा अबैधरुपमा जुवातास खेलिरहेको अवस्थामा एक लाख ११ हजार ५५५ रुपैयाँसहित ९ जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए।
उनका अनुसार अवैधरुपमा जुवातास खेलिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले तास खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो।
जुवाडेहरुमाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।