म्याग्दी जिससमा एमालेका उम्मेदवार निर्वाचित

म्याग्दी जिससमा एमालेका उम्मेदवार निर्वाचित

बेनी : जिल्ला समन्वय समिति(जिसस) म्याग्दीको प्रमुख/उपप्रमुखलगायत सबै पदमा नेकपा एमालेका उमेदवार निर्वाचित भएका छन्। 

बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार भएको मतदानबाट जिससका पदाधीकारी चयन भएका हुन्। नेकपा एमालेका राजकुमार थापाले सात मत प्राप्त गर्दै जिसस प्रमुखमा निर्वाचित भएका हुन्। 

उपप्रमुखमा पनि एमालेकै दिलकुमारी खत्री निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिए। अन्य सात जना सदस्यहरु असार १ गते मनोनयन दर्ताको क्रममा एकल उम्मेदवारी परेपछि निर्विरोध भएका थिए।  

सत्ता गठबन्धनकोतर्फबाट जिसस प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका मनकुमारी विक र सोहन श्रेष्ठले पाँच/पाँच मत पाएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

कृष्णदत्त पौडेल पाध्या (बेनी), श्रीप्रसाद गर्बुजा (धवलागिरी) देब गर्बुजा पुन (अन्नपूर्ण), महिला सदस्यहरु कविता वि.क (मंगला), गौमति चपाई (मालिका), धनकुमारी सुनार (रघुगंगा) र दलित वा अल्पसंख्यकबाट जानकी विश्वकर्मा सदस्यमा निर्विरोध भएका हुन्।

निर्वाचित पदाधीकारीहरुलाई सोमबार विजयी भएको प्रमाणपत्र वितरण, सपथ र पदभार ग्रहण गर्ने कार्यक्रम छ। जिसस प्रमुखमा निर्वाचित थापा नेकपा एमालेको जिल्ला कमिटिका उपसचिव हुन्। 

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा थापा बेनी नगरपालिका–१ बाट वडा सदस्यमा निर्वाचित भएका थिए। उपप्रमुख खत्री मंगला गाउँपालिका–१ बाट वडा सदस्यमा निर्वाचित भएकी थिइन्। 

जिससका निर्वाचनमा स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष मतदाता हुन्छन्। म्याग्दीको जिसस चुनावका लागि १२ जना मतदाता रहेकोमा एमालेका ७, काँग्रेसका ३ र माओवादी केन्द्रका २ जना मतदाता छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.