भारतमा थप ९ हजार ९२३ जनामा कोरोना सङ्क्रमण

भारतमा थप ९ हजार ९२३ जनामा कोरोना सङ्क्रमण

नयाँ दिल्ली : पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट थप ९ हजार ९२३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ। भारतमा आइतबार १२ हजार ७८१ नयाँ कोरोना सङ्क्रमित भएका र  १८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। 

पछिल्लो २४ घण्टामा सात हजार २९३ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको संख्या चार करोड २७ लाख १५ हजार १९३ पुगेको छ।  

यसमध्ये ७९ हजार ३१३ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ। सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.१८ प्रतिशत हो। कोरोना महामारीबाट आइतबार भारतमा १७ को मृत्यु भएको छ। यसैसँगै कोरोना सुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ८६० भन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ।

भारतमा  सन् २०२१ को जनवरी महिनाबाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ३२ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ। ८५ करोड ८४ लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.