राजनीतिक दवाबका कारण दोहोरो नागरिकता मुद्दा अगाडि बढेन

राजनीतिक दवाबका कारण दोहोरो नागरिकता मुद्दा अगाडि बढेन

विराटनगर : प्रतिबन्धित लागुऔषध खैरो हेरोइनको कारोवार गर्ने भारतीय नागरिक राजकुमार सिंहलाई दोहोरो नागरिकताको मुद्दा राजनीति दवाबका कारण अघि बढन सकेन। भारतीय प्रहरीको सहयोगमा सप्तरी प्रहरीले दोहोरो नागरिकता लिएको प्रमाण संकलन गरेर मुद्दा चलाउन लाग्दा राजनीतिक दवाबको कारण मुद्दा अघि बढ्न नसकेको हो।

सप्तरी प्रहरीले २०७८ असार १३ गते जिल्ला अदालत सुनसरीलाई चलानी नम्बर १०११० नम्बरको पत्र पठाएर नागरिकता सम्बन्धी कसुरका लागि सप्तरीको राजबिराजस्थित सरकारी वकिलको कार्यालयमा उपस्थित गराउन पत्रचार गरेको थियो। तर एक वर्ष बितिसक्दा पनि बयानकोलागि सरकारी वकिल कार्यालयमा भारतीय नागरिक सिंहलाई पठाउन जिल्ला अदालत सुनसरीले झुमका कारगारलाई अनुमति दिएता पनि बयान हालसम्म भएको छैन।

सुनसरीको धरानमा खैरो हेरोइनसहित पक्राउ परेका सिंहमाथि दोहोरो नागरिकता लिएको प्रमाण सप्तरी प्रहरीले भारतीय प्रहरीको सहयोगमा फेला पारेर दोहरो नागरिकताको मुद्दा चलाएको थियो। सुरुमा सप्तरी प्रहरीले कोभिडको बहाना देखाउदै आएपनि हालसम्म बयानको अग्रसरत नदेखाएको हो।

प्रहरी स्रोतका अनुसार दोहोरो नागरिकता मुद्दा चले सिंहलाई विदेशी नागरिक सरह लागुऔषधमा बढी कारवाही हुने र तत्काल धरौटीमा रिहा नहुने भएकाले राजनीतिक दवाब दिएर नागरिकताको मुद्दा चलाउन नदिएको हो। २०७८ मंसिर १९ गते सुनसरीको धरानमा ७७ ग्राम खैरो हेरोइनसहित सिंह पक्राउ परेका थिए।

सिंह भारतीय नागरिक हुँदाहुँदै नेपाली नागरिक भएको प्रमाण सप्तरी प्रहरीले भारतबाट ल्याएको छ। दोहोरो नागरिकता लिएका सिंह सुनसरीको भण्टावारीकी कांग्रेस नेतृ तारा पौडेलका ज्वाई भएकाले राजनीतिक दवाब दिन लगाएर जोगाउन लागेको प्रहरी स्रोतको भनाइ छ।

सिंह सप्तरीको तत्कालीन पकरी गाविस–२ निवासी भनिए पनि उनको नेपाली नागरिकता नै कीर्ते रहेको रहस्य बाहिर आएपछि सप्तरी प्रहरीले सुरु गरेको अनुसन्धानमा भारतीय नागरिक रहेको प्रमाण फेला परेको थियो।

सप्तरीको पकरी गाउँ विकास समितिबाट बनाएको नागरिकतामा बुवा बनेका ठाकुरप्रसाद सिंह पनि भारत विहारको राज जिरोगा ग्राम पञ्चायत अन्तर्गत भरफोरी ग्राम र थाना आन्द्रामण्ड र जिल्ला मधुवनी निवासी भएको प्रमाण फेला सप्तरी प्रहरीले पारेको छ। ग्राम पञ्चायत राज जिरोगाका मुखिया नुतन कुमारीले राजकुमारका नेपाली बुवा पनि भारतीय रहेको भन्दै सप्तरी प्रहरीलाई पत्र लेखेर दिएकी छन्। ठाकुरप्रसाद भारतीय नागरिक भएको उनका भारतमा दुई छोरा रहेको प्रमाणित गरेर दिएकी छन्।

झुम्का कारागारमा रहेका सिंहको लागुऔषधको मुद्दा उच्च अदालत विराटनगरले पनि जिल्ला अदालतको निर्णयलाई नै सदर गरेको छ। सप्तरी प्रहरी स्रोतका अनुसार राजकुमार सिंहको भारतीय नागरिक भएको प्रमाण फेला परेपछि नक्कली बुवा बनाएकाले ठाकुरप्रसाद सिंहको नागरिकताको छानबिन सुरु गरेको थियो।

नागरिकताको छानबिन गर्न सप्तरी प्रहरीको एक टोली वीरपुर थाना पुगेर थानका एसएचओ (सिनियर हाउस अफिसर) राजेशकुमार मण्डललाई उनका बारेमा छानबिन गर्न अनुरोध गरेको थियो। भीमनगरस्थित थानाका सब इन्सपेक्टर शत्रुघनप्रसाद साहको नेतृवमा गएको टोलीले उनको गाउमा पुगेर सोधपुछ गरेको थियो।

सप्तरीका प्रहरी नायब निरीक्षक जयप्रकाश साहको नेतृत्वमा सिंह भारतीय नागरिक भएको प्रमाण जुटाउन वीरपुर पुगेको थियो। राजकुमार सिंह स्वर्गीय रामबालक सिंहको चार छोरामध्ये कान्छो छोरा भएको र भारतमा समेत नागरिक भएको सबै प्रमाण भेटिएको थियो।

सिंह भारतीय नागरिक हुनु र भारतमा पनि उनको आपराधिक पृष्ठभूमि नै रहेको अनुसन्धानबाट खुलेपछि सप्तरी प्रहरीले भारतीय प्रहरीसग सहयोग मागेको थियो। पक्राउ परेका सिंहको साथबाट बरामद भएको उनको सवारीचालक अनुमति पत्रमा रहेको नेपाली नागरिकता प्रमाणपत्रको नम्बरका आधारमा उनको नागरिकता कीर्ते भएको खुलेको हो।

नेपाली नागरिकता नम्बर २/०७३९३११३ उल्लेख रहेको छ भने ठेगाना सप्तरी जिल्लाको तत्कालीन पकरी गाविस वडा नम्बर २ रहेको छ। तर उक्त नम्बरको नेपाली नागरिकता प्रमाणपत्र जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जारी नै नभएको देखिन्छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीमा २/०७३९३११३ नम्बरको नेपाली नागरिकता सप्तरीबाट जारी नभएको पाइएपछि प्रहरीले भारतीय प्रहरीको सहयोग लिएको हो। सवारी चालक अनुमति पत्रमा ठेगाना तत्कालीन पकरी गाविस–२ सप्तरी रहेपनि उक्त ठाउँमा सिंह थरका एकजना पनि नरहेको स्थानीयको भनाइ छ। सप्तरी प्रहरीका प्रवक्ता माधव काफ्लेले आफूलाई जानकारी नभएको भन्दै बुझेर जानकारी दिने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.