विपदजन्य घटना न्यूनीकरण गर्न स्याङ्जामा पूर्वतयारी बैठक

विपदजन्य घटना न्यूनीकरण गर्न स्याङ्जामा पूर्वतयारी बैठक

स्याङ्जा : मनसुन सुरुभैसकेको र जिल्लामा पनि विपदजन्य घटना हुन सक्ने जनाउदै स्याङ्जाका ११ वटै पालिकालाई पूर्वतयारी अवस्थामा रहन सुझाव दिइएको छ। विगतका वर्षहरु भन्दा यसवर्ष धेरै पानी\वर्षात् हुने मौसमविदले पूर्वानूमान गरेका छन्।

पहाडी जिल्ला स्याङ्जा विपदको सम्भाव्य जोखिम क्षेत्रमा पर्दछ। वर्षेनी बाढी पहिराले ठूलो धनजनको क्षति पुर्याउँदै आएको छ। जिल्ला विपद ब्यवस्थापन समितिको मंगलबार स्याङ्जामा बसेको बैठकले विपदका बेला आइपर्न सक्ने घटनालाई तत्काल उपचार एवं उद्धारका निम्ति पालिकामा रहेका डोजर, जेसिवीलगायतका आवश्यकता अनुरुप सामाग्रीका साथै चालकहरुलाईसमेत पूर्वतयारी अवस्थामा राख्न र रहन सुझाव दिईएको हो।

प्रशासन कार्यालय स्याङ्जामा आयोजित पूर्वतयारी बैठकमा बोल्दै समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जिल्लाका ५ नगरपालिकासहित ६ वटा गाउँपालिकाले विपदका बेला आवश्यक सहयोग सामाग्री तयारगरी तयारी अवस्थामा राख्न सुझाव दिएका हुन्।

बैठकले पुतलीबजार नगरपालिका र फेदिखोला गाउँपालिकाको सिमानामा रहेका भालु पहाड उच्च जोखिममा रहेको जनाएको छ।

गल्याङ् नगरपालिका-१ स्थित राम्दी प्रहरी चेकपोष्ट माथिको पहिरो, गल्याङ्-२ को मगरसमाज भवन र सो वरपरका ४ घरलगायत आसपासका क्षेत्र, वडा नं. ३ लल्याङ्स्थित ८० घर परिवार उच्च जोखिममा रहेको पनि औल्याईएको छ।

यसैगरी गल्याङ् नगरपालिका-५ सेतीवेणी बजारमा सेतीखोला र कालीगण्डकी किनारमा रहेको सेतीवेणी बजार डुवानको जोखिमा रहने, अर्जुनचौपारी-२ जलजलेको पहिराले ४ घर र ५ वटा गोठ जोखिममा र कालीगण्डकी गाउँपालिकाको सिमाना रानीघाट-रुद्रवेणी पुल वपरपरका क्षेत्रपनि उच्च जोखिममा रहेको र उच्च निगरानी रहन सुझाव दिएको छ।

सिद्धार्थ राजमार्ग र स्थानीय पालिका जोड्ने सडकहरुमासमेत पहिरो जान सक्ने हुदाँ सडक डिभिजन कार्यालय पोखरा र सम्बन्धित स्थानीय पालिकाले समेत डोजरलगायत आवश्यक मेशिनरी सामाग्रीसहित चालकलाई तयारी अवस्थामा राख्नुपर्ने छ।

यस्तै बैठले विपद ब्यवस्था राहत कोषबाट उपलब्ध ७ लाख ४५ हजार तत्काल प्रदान गरिएको र गण्डकी प्रदेशबाट कोषमा उपलब्ध २ लाख रुपैयाँ उपलब्ध गराउनेगरी अनुमोदन गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.