७ वर्षमा पनि घर आएनन् रविन्द्र
![७ वर्षमा पनि घर आएनन् रविन्द्र](https://annapurnapost.prixacdn.net/media/albums/7year_20220621191211_8ZIeL8ljxK.jpg)
महोत्तरी : भारतको हरियाणाबाट घरतर्फ आउने क्रममा बाटोबाट बेपता भएका सोनमा गाँउपालिका-५ का २६ वर्षिय रविन्द्र कुमार यादवको अवस्था अझ अलपत्र छ। घरपरिवारले हरेक स्थानमा खोज्दा पनि रविन्द्र अझ फेला परेको छैनन्। जसको कारण उनको परिवार मानसिक तनावमा रहेका छन्।
स्थानीय मंजित कुमार महराका अनुसार कृषि मजदुरीको रुपमा हरियाणामा काम गर्ने रविन्द्र न त घर आए न त कार्यस्थलतर्फ फर्किए। उनको अवस्था अझ अलपत्र छ। उनको वियोगमा श्रीमती र एकमात्र छोरा अझ प्रतीक्षारत रहेका छन्।
धान काटनी कार्य सम्पन्न गरेर रविन्द्र एक्लै स्वदेशतर्फ फर्किएको सँगै काम गर्ने उनका काका मोहन यादवले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)