सांसदको प्रश्न : काठमाडौंमा हैजा बढ्यो, रोकथाम गर्ने सरकारको योजना के छ ?
काठमाडौं : सांसदहरुले काठमाडौंमा हैजा रोकथाममा सरकारको योजनाबारे जबाफ मागेका छन्। काठमाडौंमा अहिलेसम्म चार जनामा हैजा संक्रमण पुष्टि भएपछि सांसदहरुले हैजा रोकथाममा सरकारको योजनाबारे प्रष्ट्याउन माग गरेका हुन्।
प्रतिनिधि सभामा बोल्दै सांसद बिनादेवी बुढाथोकीले हैजाको रोकथाम र नियन्त्रणमा ध्यान दिन सरकारलाई आग्रह गरिन्। उनले भनिन्, ‘फोहोर र प्रदुषणले काठमाडौंमा हैजाका बिरामी भेटीए। स्वास्थ्यकर्मीले हैजाको जोखिममा छ भनेका छन्। यसको रोकथाम र नियन्त्रणमा ध्यान दिन आग्रह गर्छु। ’
सांसद सरिता न्यौपानेले फोहोरले हैजा बढेको भन्दै सरकारसँग रोकथामको योजना मागिन्।