पार्टीको नीति र निर्णयका बारेमा आवश्यक समीक्षा गर्नुपर्छ : नेपाल

पार्टीको नीति र निर्णयका बारेमा आवश्यक समीक्षा गर्नुपर्छ : नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चूनावपछि शक्ति सन्तुलनको तस्बिर स्पष्ट देखिएको बताएका छन् । शुक्रबार काठमाडौंमा बसेको समाजवादीको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले चुनावपछि देखिएको अवस्था, पार्टीको नीति र निर्णयका बारेमा आवश्यक समीक्षा गर्नुपर्ने देखिएको बताएका हुन् ।

उनले यसअघिको अवस्थाबाट पाठ सिक्दै सम्भावनालाई प्रयोग र चुनौतिको सामना गर्न बैठकले उचित मागदर्शन तय गर्ने धारणा राखे । अहिले पार्टीले कुनै पनि नीति तय गर्दा परिस्थितिको विश्लेषण गर्दै सहि निर्णयमा पुग्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।

पोलिटब्युरो बैठकले स्थानीय तह चुनावको समीक्षा र आगामी चूनावका लागि आवश्यक रणनीति बनाउने समाजवादीले जनाएको छ । बैठकको पूर्वसन्ध्यामा सरकारमा सहभागी चार मन्त्रीसहित १० जना सांसदले संसदीय दलको बैठक माग गरेका छन् । चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नहुँदा नेकपा एकीकृत समाजवादीभित्र विवाद सुरु भएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.