सान्जेन हाइड्रोपावरले आयोजना प्रभावितका लागि आइपीयो निष्कासन गर्ने
रसुवा : सान्जेन हाइड्रोपावर कम्पनीले आयोजना प्रभावितका लागि आइपीयो निष्कासन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले निष्कासन अनुमति दिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आइपीयो बिक्री गर्न लागेको हो। जिल्लाबासीका लागि सान्जेनले ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने छ। यसमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्नेछ।
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण लामो समयसम्म सेयर निष्कासन प्रक्रिया रोकिएको थियो। कम्पनीले रसुवाको आमाछोदिङ्मो–५, चिलिमेमा १४.८ मेगावट क्षमताको माथिल्लो सान्जेन र ४२.५ मेगावटको सान्जेन जलविद्युत् आयोजना निमाण गरिरहेको छ।
स्थानीयका लागि नेपालमा पहिलो पटक चिलिमे हाइड्रोपावर कम्पनीले सेयर निष्कासन गरेको थियो।