आइपीओ निष्कासन रोक्न माग गर्दै ज्ञापनपत्र

आइपीओ निष्कासन रोक्न माग गर्दै ज्ञापनपत्र

रसुवा : सान्जेन हाइड्रोपावर कम्पनीका प्रभावित स्थानीयले आइपियो निष्कासन प्रक्रिया रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। यसअघि रसुवागढी हाइड्रोपावर कम्पनीले असार १३ गतेदेखि आइपीयो निष्कासन गर्न अनुमति पाएको थियो। यही अवस्थामा एकैपटक २ कम्पनीले आइपीयो निष्कासन गर्दा आर्थिक अभावका कारण सेयर भर्न नसकिने भन्दै ज्ञापनपत्र बुझाएका हुन्।

शुक्रबार सान्जेन जलविद्युत् आयोजना मार्फत कम्पनीलाई ज्ञापनपत्र बुझाइएको स्थानीय फुर्पुसिंगी तामाङले बताए। ‘कोभिडका कारण स्थानीयसँग सेयर खरिद गर्नका लागि रकम छैन’, उनले भने, ‘यस्तो अवस्थामा सेयर निष्कासन गर्नु भनेको हामीलाई कम्पनीको सेयरबाट बञ्चित गराउन खोजिएको हो।’

कोरोना महामारीका कारण सेयर भर्नका लागि स्थानीयसँग रकम नभएको र बैंले पनि ऋण नदिने हुँदा समस्या सिर्जना भएको उनको भनाइ छ। नेपाल धितोपत्र बोर्डले निष्कासन अनुमति दिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आइपीयो बिक्री गर्न लागेको छ। ‘दुवै कम्पनीले एउटै समयमा सेयर निष्कासन गर्नु भनेको स्थानीयलाई यो जलविद्युत कम्पनीको सेयरबाट बञ्चित गराउन खोजिएको हो, ज्ञापनपत्रमा भनिएको छ।’

जिल्लाबासीका लागि सान्जेनले ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने छ। यसमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्नेछ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण लामो समयसम्म सेयर निष्कासन प्रक्रिया रोकिएको थियो। कम्पनीले रसुवाको आमाछोदिङ्मो–५, चिलिमेमा १४.८ मेगावट क्षमताको माथिल्लो सान्जेन र ४२.५ मेगावटको सान्जेन जलविद्युत् आयोजना निमाण गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.