धनगढी उपमहानगरमा एक अर्ब ८३ करोडको बजेट

धनगढी उपमहानगरमा एक अर्ब ८३ करोडको बजेट

धनगढी : खोला नालाको अतिक्रमण हटाउने र तिनको संरक्षण गर्ने तथा क्रमागत योजनाहरुलाई एकवर्षभित्र सक्ने प्रार्थमिकतासहित सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ।

नगर सभाको आठौं अधिवेशनमा उपप्रमुख कन्दकला रानाले १ अर्ब ८३ करोड ८९ लाख २४ हजारको बजेट सार्वजनिक गरेका हुन्। चालुतर्फ १ अर्ब ३ करोड १९ लाख र पुँजीगततर्फ ८० करोड ६९ लाख ५४ हजार बजेट विनियोजन गरिएको छ।

उपमहानगरपालिकाले आन्तरिकतर्फ २६ करोड ७९ लाख २४ हजार, राजश्व बाँडफाँडतर्फ ४७ करोड २९ लाख ३३ हजार, संघिय सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ९६ करोड ४८ लाख, प्रदेश सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ३५ करोड ३४ लाख पाँच हजार र सरी आएको १० करोड रकमलाई आयतर्फ विनियोजन गरेको छ।

उपमहानगरपालिकाले प्रस्तुत गरेको बजेटमा खर्चको भारलाई घटाउने रणनीति अपनाउने भएको छ। स्वतन्त्रबाट जितेका मेयर गोपाल हमालले यसपालीको बजेटमा खोला नालाको अतिक्रमण हटाएकाले त्यसको प्रोटेक्सनको काम पनि प्रार्थमिकतामा रहेको बताए।

उनले विगत लामो समयदेखि क्रमागतरुपमा थोरथोरै बजेटका कारण सम्पन्न हुन नसकेका योजना यो वर्ष प्रार्थमिकतामा राखेको बताए। ‘बजेट अभावमा परेका क्रमागत योजना सक्ने काम प्रार्थमिकतामा छ, नसक्ने ठेकेदारलाई कानुनी कारवाहीका लागि सिफारिस गर्ने गरी तयारी भएको छ’ मेयर गोपाल हमालले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.