शुक्लागण्डकी नगरपालिकाको बजेट १ अर्ब २२ करोड

शुक्लागण्डकी नगरपालिकाको बजेट १ अर्ब २२ करोड

तनहुँ : जिल्लाको शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० का लागि १ अर्ब २२ करोड १६ लाख ३१ हजार ८ सय २० रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। शुक्रबार आयोजित ११ औँ नगर सभामा नगर प्रमुख कृष्णराज पण्डितले आगामी वर्षका लागि अनुमानित बजेट प्रस्तुत गरेका हुन्।

समानीकरण अनुदान संघबाट रु १६ करोड ३१ लख, राजश्व बाँडफाँट संघबाट रु १२ करोड ९८ लाख ९० हजार, शशर्त अनुदान रु ४१ करोड ९ लाख, समानीकरण अनुदान प्रदेशबाट रु १ करोड ९९ लाख ८८ हजार, राजश्व बाँडफाँट प्रदेशबाट रु १ करोड ६४ लाख ६३ हजार, प्रदेश समपुरक अनुदानबाट रु ७० लाख, आन्तरिक आयबाट रु १५ करोड ८२ लाख ५० हजार, सामाजिक सुरक्षा भत्ता अन्तरसरकारी अख्तियारीबाट रु २५ करोड, गरिबसँग विश्वेसर कार्यक्रमबाट रु ६ लाख,सडकबोर्डबाट रु ६० लाख, घरजग्गा रजिष्ट्रेशन शुल्कबाट रु २ करोड ९४ लाख ४० हजार ८ सय २०, जनसहभागिताबाट रु ३ करोड आय हुने अनुमान गरिएको छ।

त्यस्तै व्ययतर्फ विषयगततर्फ रु २४ करोड ९५ लाख ३१ हजार ८ सय २०, शशर्त अनुदानतर्फ रु ४१ करोड ९ लाख, प्रदेश समपुरकतर्फ रु ७० लाख, वडागत सिलिङ रु ९ करोड ७६ लाख, सडकबोडतर्फ रु ६० लाख, गरिबसँग विशेश्वरतर्फ रु ६ लाख, चालु खर्चतर्फ रु १७ करोड, सामाजिक सुरक्षातर्फ रु २५ करोड, जनसहभागितातर्फ रु ३ करोड खर्च हुने अनुमान गरिएको छ।

उक्त अनुमानित बजेटबाट पुर्वाधारतर्फ रु ३४ करोड ३३ लाख २१ हजार ८ सय २०, सामाजिक विकासतर्फ शिक्षामा रु १ करोड ६८ लाख ६० हजार, युवा तथा खेलकुदमा ७६ लाख, स्वास्थ्यमा रु १ करोड ३ लाख, आर्युवेदतर्फ ६ लाख, लक्षित वर्ग कार्यक्रमतर्फ रु ७० लाख, संस्कृति प्रवद्र्धन रु १५ लाख र सामाजिक विकास शाखातर्फ  ६ लाख ५० हजार गरी कुल रु ४ करोड, ४५ लाख १० हजार , आर्थिक विकासतर्फ कृषि सेवातर्फ रु ६२ लाख, पशु सेवातर्फ रु ६५ लाख, उद्योगतर्फ रु २५ लाख गरी कुल रु १ करोड ५२ लाख, सुशासन तथा संस्थागत क्षमता विकासतर्फ रु २ करोड ७९ लाख, वातावरण तथा विपद्तर्फ १ करोड ४६ लाख अनुमान गरिएको छ।

११ औँ नगर सभामा आगामी आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर उपप्रमुख खुमबहादुर विकले सामुदायिक तथा संसथागत विद्यालयहरुबाट लिइने मासिक शिक्षण शुल्क, भर्ना शुल्क, प्रमाणपत्र शुल्क लगायतका शुल्क नगरपालिकाको स्वीकृतिमा मात्र लिन पाउने व्यवस्था गरिने बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.