विदुर नगर परिषद सुरु नै नभई स्थगित
नुवाकोट : विदुर नगरपाालिकको दोस्रो नगरसभाको पहिलो अधिवेशन सुरु नै नभई स्थगित भएको छ। कार्यपालिकमा छलफल नै नगरी नीति तथा कार्यक्रम ल्याउन लागिएको जनाउँदै विरोध गरिएको हो।
विदुर नगरपालिकामा बहुमत कार्यपालिका सदस्यहरुको बैठक राखेर नगरका योजना तथा कार्यक्रम सार्वजनिक गरेर त्यसलाई पारित गरेरमात्र कार्यक्रम ल्याइनु पर्नेमा नेतृत्वले एकतर्फिरुपमा बजेट लयाउन लागेपछि बहुमत सदस्यहरुले विरोध गरेका छन्। नगर सभा यहि असार १४ गते मंगलबारका लागि बोलाइएको छ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम तथा वार्षिक बजेट सार्वजनिक गर्न आयोजित नगरसभाको बैठकमा पेश नगरिकनै नगर परिषदमा पेश गर्ने निर्णय गरेको जनाउँदै बहुमत जनप्रतिनिधिहरुले विरोध जनाएपछि नगर सभा स्थगित भएको हो। नगरसभामा नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले नियमसंगत ढंगले नगरसभा संचालन नगरेकोले आफूहरुले असहमति जनाएको कार्यापालिका सदस्य तथा विदुर-१ का वडाध्यक्ष लेनिन रन्जितले बताए।
बिवादकाबीच गणपुरक संख्या नपुगेको जनाउँदै मेयर राजन श्रेष्ठले बोलाइएको नगरसभा चार दिनका लागि स्थगित भएको घोषणा गरेका थिए। दलीय सहमति र नगर सन्चालन कार्यविधि अनुसार नवनिर्वाचित नेतृत्व अगाडि बढ्न नसकेको कारण नगरको नीति र पद्धतीलाई आत्मसात गर्न आफूहरुले माग गरेको वडाध्यक्ष रन्जितले बताए।
अन्तरसरकारी वित्त व्यवस्था ऐनको दफा २१ मा स्थानीय तहले असार १० गतेभित्र आआफ्नो सभामा आगामी वर्षको बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेअनुसार विदुर नगरपालिकाले शुक्रबार आफ्नो सभामा बजेट पेस गर्ने तयारी गरेको थियो। विदुरको इतिहासमा पहिलो पटक नगर सभा स्थगित भएको हो।