विद्यालयमा शैक्षिक सामाग्री वितरण

विद्यालयमा शैक्षिक सामाग्री वितरण

ढल्केवर(धनुषा) : महोत्तरीको भंगहा नगरपालिका–४ बनरा थारुटोलस्थित रहेको जनता निम्न माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ। आईतबार भंगहा नगरपालिका–४ का वडाध्यक्ष गणेश महतोले विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेका हुन्।

धनुषाको ढल्केवरमा अवस्थित अल्फा वायर प्रालिको सहकार्यमा उपलब्ध गराईएको उक्त शैक्षिक सामाग्री आईतबार वडाध्यक्ष महतोले वितरण गरेका छन्। बालबालिकालाई पढाईप्रति थप आकर्षित पार्न कापी, कलम, जियोमेट्री बक्सलगायतका शैक्षिक सामाग्री वितरण गरिएको वडाध्यक्ष महतोले जनाए।

उनका अनुसार विद्यालयमा शिशु कक्षादेखि ८ सम्म अध्ययनरत सबै विद्यार्थीलाई ती सामाग्रीहरु बाँडिएको हो। गुणस्तरीय शिक्षाबाटै सामाजिक रुपान्तरण हुने बताउँदै वडाध्यक्ष महतोले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न सबैपक्ष एकजुट भएर लाग्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.