विपद प्रतिकार्य योजनासम्बन्धी बैठक सम्पन्न
जोमसोम : मनसुन सुरु भएसँगै मुस्ताङमा विपद् व्यवस्थापन प्रतिकार्य योजना बैठक सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङ अन्तर्गत जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा आईतबार भएको मनसुन तथा विपद् प्रतिकार्य योजना सम्वन्धी छलफल तथा अन्तरक्रियामा जिसस मुस्ताङसहित जिल्लाका ५ वटै स्थानीय तह र जिल्लास्थित सरोकारवाला कार्यालयहरुले सहभागी जनाएका छन्।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको अध्यक्षतामा भएको जिल्लास्तरीय मनसुन तथा विपद प्रतिकार्य योजना बैठकले विभिन्न ३ बुँदे निर्णय गरेको छ। निर्णयमा विपद प्रतिकार्यका लागि स्थानीय तह ,सरोकावाला जिल्ला स्थित सरकारी कार्यालय र सुरक्षा निकायहरुले कार्य विभाजनसहित जिम्मेवारी तोकिएको छ।
स्थानीय तहहरुले विपद व्यवस्थापनको पूर्व तयारी अपनाउन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, सूचना तथा तथ्यहरु संकलन र संम्प्रेषण गर्ने, उद्दार र राहतका सामाग्रीको बन्दोवस्त गर्ने, स्वंयसेवी समूह गठन र परिचालन गर्ने, एम्बुलेन्स र वैकल्पिक सामाग्री तयारी अवस्थामा राख्ने र विपद सम्पर्क व्यक्ति तोकी सम्बन्धित निकायलाई जानकारी गराउने निर्णय गरिएको छ।