काँग्रेसले एक्लै निर्वाचन जित्ने गरी तयारी गर्नुपर्छ : प्रदीप पौडेल

काँग्रेसले एक्लै निर्वाचन जित्ने गरी तयारी गर्नुपर्छ : प्रदीप पौडेल

तनहुँ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काँग्रेसले एक्लै निर्वाचन जित्ने गरी तयारी गर्नुपर्ने बताएका छन्। आइतबार गृहजिल्ला तनहुँको दुलेगौँडामा आयोजित जनप्रतिनिधि सम्मान् तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पौडेलले गठबन्धन हुदाँ आफूले चाहेजति सीट प्राप्त भएन भने पाँच गठबन्धनभित्रका दलहरु बाहिरिन सक्ने खतरा भएकाले पार्टीलाई एक्लै जिताउने गरी तयारी गर्नुपर्नेमा जोड दिएका हुन्।

‘स्थानीय तहको निर्वाचनमा पालिकाहरु धेरै थिए। कहीँ मिलेका थियौं। कही एक्ला एक्लै मैत्रीपूर्ण प्रतिष्पर्धा गरेका थियौं। तर, यो संघ र प्रदेशको निर्वाचनमा त्यस्तो हुन सक्दैन’ नेता पौडेलले भने, ‘संघ प्रदेशमा गठबन्धन हुदाँ सबैमा हुन्छ। नहुदाँ कहीँ पनि नहुने खतरा हुन्छ। ‘गठबन्धनमा भागबण्डा हुन्छ। त्यसमा आफूले चाहेजति सीट प्राप्त भएन भने गठबन्धनका अन्य दलहरु गठबन्धनबाट बाहिरिने खतरा हुन्छ। त्यसैले यो संख्या बाँडफाँड नमिलेको अवस्थामा अथवा टिकट दिने सन्दर्भमा मेल भएन भने गठबन्धन जोखिममा पर्न सक्छ। त्यसैले लेनदेन स्वभाविक भयो। स्थानीय आवश्यकता अनुसार बाँडफाँड भयो भने गठबन्धन गर्ने कुरा स्भाविक हुन्छ। तर अस्वभाविक अवस्थामा गठबन्धन नहुने खतरा पनि हुन्छ। त्यस कारण साथीहरु नेपाली काँग्रेस आजको स्थितिमा कसरी एक्लै निर्वाचन जित्न सक्छ त्यो ढङ्गबाट तयारी अगाडी बढाउनु पर्ने स्थिति छ।’ त्यसो भन्दैमा काँग्रेस गठबन्धनको विरोधी नभएको उनको भनाई थियो। ‘गठबन्धन आवश्यक छैन भनेर हामीले भनिरहेका छैनौं। तर त्यहाँ निर जोखिम छ। त्यो जोखिम मोल्दै गर्दा एक्लै जानुपर्ने परिस्थिती पनि बन्न सक्छ।’

उनले स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट भाग्ने स्थिति नभएको ‘भन्दै गठबन्धनले काँग्रेसलाई भन्दा माओवादीलाई बढी लाभ भएको बताए। माओवादीले ८१ वटा पालिकामा प्रमुख गठबन्धनबाट उम्मेदवार प्राप्त गरेको थियो। त्यसमा ६९ वटा पालिका जित्यो। नेपाली काँग्रेसले २०९ वटा पालिकामा प्रमुख उम्मेदवार प्राप्त गरेकोमा जम्मा १२८ वटामा मात्र काँग्रेसले जितेको थियो। प्रतिशतको आधारमा माओवादीलाई फाइदा पुगेको सत्य हो। तर काँग्रेसले पनि कमजोर ठाँउमा गठबन्धन गरेको हुनाले काँग्रेसलाई पनि घाटा भएको होइन।’

नेता पौडेलले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई पार्टीको लोकप्रियता नगुम्ने गरी काम गर्न सुझाव दिए। उनले भने ‘जनतालाई खुसी बनाउने गरी काम गर्नु होला। ‘तपाईंले जित्नु भनेको नेपाली काँग्रेसले जितेको हो। तपाईंले कहीकतै गल्ती कमजोरी गर्नुभयो भने त्यसको दण्ड पार्टीले भोग्नुपर्छ। तपाईंले राम्रो काम गर्नुभयो भने तपाईं लाकप्रिय त हुनुहुन्छ नै तपाईंको पार्टी नेपाली काँग्रेस पनि लोकप्रिय हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.