आईएमई लाइफले ल्यायो बालकिरण जीवन बीमा योजना

आईएमई लाइफले ल्यायो बालकिरण जीवन बीमा योजना

काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईएमई बालकिरण जीवन बीमा योजना ल्याएको छ। विज्ञप्ति जारी गर्दै कम्पनीले बिमितहरुमाझ लोकप्रिय हुँदै आएका यो योजना पछिल्लो समयमा उल्लेख्य संख्यामा बिक्रि हुने बीमालेख भएको उल्लेख गरेको छ। 

बच्चाको जन्म लगत्तै लिन सकिने यो बीमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिकालागि अधिकतम जोखिम रक्षावरण सहित चौथो वर्षदेखि नै प्रत्येक वर्ष बीमा रकम फिर्ता हुँदै आउने कम्पनीले जनाएको छ। यसरी प्रत्येक वर्ष फिर्ता हुने रकमले अभिभावकहरुलाई बच्चाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोगी भूमिका खेल्ने कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले उक्त बिज्ञप्ति मार्फत बताएका छन्। 

विशेष अभिभावक तथा नव अभिभावकहरुको लागि अत्यन्त उपयुक्त तथा सहज यस बीमा योजनामा आफ्नो आवश्यकता अनुसारको बीमा अवधि छनौट गर्न सकिने, दुर्घटना तथा बीरामीको थप जोखिम वहन हुने तथा एउटै बीमामा दोहोरो जीवनको बीमा हुने जानकारी पनि विज्ञप्तिमार्फत उल्लेख गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.